ललितपुरमा साइकल लेन निर्माण शुरु « Khabarhub

ललितपुरमा साइकल लेन निर्माण शुरु


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण कार्य शनिवारबाट शुरु गर्ने भएको छ । ललितपुरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत महानगरले साइकल लेन निर्माण गर्न लागेको हो ।

साइकल लेन निर्माणको पहिलो चरणमा कुपण्डोल -पुल्चोक – जावलाखेल -लगनखेल -मंगलबजार -पुल्चोकसम्म लेन निर्माण गरिनेछ । लेन निर्माण कार्यको औपचारिक कार्यक्रम शनिवार बिहान भएपनि महानगरले बिहीबार रातिबाट काम थालेको छ ।

शनिवार बिहान ८ बजे स्थानीय बासिन्दा, साइकलप्रेमी , जनप्रतिनिधिहरु, कर्मचारी लगायत साइकलसहित पुल्चोकस्थित महानगर कार्यालय परिसरमा जम्मा हुने कार्यक्रम छ । साइकल र्‍याली पुल्चोक, कृष्ण गल्ली, हरिहरभवन हुँदै कुपण्डोल पुग्नेछ ।

साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगरप्रमुख महर्जनले बताए । उनले भने ,‘ साइकलको प्रयोगलाई प्रोत्साहित गर्न सके वातावरण जोगाउन सकिन्छ ,साइकलमैत्री सडकमा प्रदुषण कम हुन्छ , सहर सफा हुन्छ ।’ उनले वातावरण संरक्षणमा साइकलको प्रयोग महत्वपूर्ण हुने स्पष्ट पारे । महानगर वातावरण , पानीका मुहान संरक्षण र हरियाली प्रबद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

नगरप्रमुख महर्जनले ललितपुरलाई साइकल सिटी बनाउन लेनको योजना अघि बढाएको बताए । महानगरले साइकल लेन निर्माण कार्यदलका संयोजक तथा वडा नं १३ का वडा अध्यक्ष गणेश के.सीलाई तोकेको छ ।

महानगरको पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजना छ ।

(अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने) , डेडिकेटेड (साइकलका लागि मात्रै छुट्याइएको ) गरी दुई किसिमले साइकल लेन बनाइने महानगरका पूर्वाधार निर्माण महाशाखाप्रमुख रुद्र गौतमले बताए । प्रायटरायजमा चार दशमलव ५७ किलोमिटर पर्छ । सेग्रिगेटेडमा ०दशमलव ४२ किलोमिटर सडक पर्छ ।

महानगरले साइकल लेन निर्माणका लागि गएको भदौ २ गते रमित कन्स्ट्रक्सन प्रा.लि.सँग सम्झौता गरेको थियो । सम्झौता अनुसार चैत मसान्तमा निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ ।

ललितपुर महानगर पहिलो साइकल मैत्री शहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : २५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको