काठमाडौं– सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ । ‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित अघि बढाइएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता अर्थात् ईएमआई सुविधाको लाभ लिन सक्नेछन् ।
एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार उपकरण खरिद गर्ने अवसर प्रदान गर्नु यस सहकार्यको प्रमुख उद्देश्य हो । नयाँ घर सजाउन, पुराना उपकरण परिवर्तन गर्न वा दैनिक जीवनलाई थप सुविधाजनक बनाउन चाहने ग्राहकका लागि यो सुविधा उपयोगी हुने सीजी इलेक्ट्रोनिक्सको विश्वास छ ।
कम्पनीका अनुसार यस सुविधाअन्तर्गत एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, बेको, सेन्सेई, मिडिया, ब्ल्याक+डेकर, क्रम्पटन, एलिका, केन्ट, बर्ली तथा गुडम्यान्स लगायतका ब्रान्डका योजनामा समावेश उत्पादन खरिद गर्न सकिनेछ । टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा भान्सा र घरायसी प्रयोगका विभिन्न उपकरणमा उपलब्ध ईएमआई सुविधाबारे ग्राहकले सम्बन्धित बिक्री केन्द्रबाट जानकारी लिन सक्नेछन् ।
‘तुरुन्तै सजिलो ईएमआई, नागरिकता भए पुग्छ!’ भन्ने सन्देशसहित प्रस्तुत यो सुविधाले खरिद प्रक्रियालाई सरल बनाउने लक्ष्य राखेको छ । ग्राहकले आफ्नो नागरिकतासहित नजिकको सीजी डिजिटल शोरुम वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमा सम्पर्क गरी उत्पादन छनोट तथा वित्तीय प्रक्रियाबारे आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन्। ईएमआई स्वीकृति तथा अन्य व्यवस्था एचएफएलका लागू सर्तअनुसार हुनेछ।
ग्राहकले सीजी डिजिटल शोरुम तथा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमार्फत यस सुविधाको लाभ लिन सक्नेछन् ।














प्रतिक्रिया