काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म « Khabarhub

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका टुङ्गो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो । बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ । यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ ।

यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ । सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पार्नुभएको छ । सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो ।

सबै मितिहरूको अन्तिम टुङ्गो लगाएर घोषणा भने निर्वाचन समितिले सबै जिल्ला समिति तथा प्रदेश समितिसँग परामर्श गरेपछि भोलिसम्ममा गर्ने सभापति थापाले स्पष्ट पार्नुभएको छ ।

पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै काङ्ग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत सङ्गठन सुदृढीकरणलाई तीव्रता दिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  २ : २२ बजे

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म

काठमाडौँ – नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

ढाका– बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको

नारायणगढ पुगेर पूर्वाधारमन्त्री लम्सालले भने- रत्ननगरको सभाहल अस्पताललाई दिन्छौँ

नारायणगढ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई

प्रधानमन्त्रीनिकट भएकै आधारमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि व्यक्ति प्रधानमन्त्रीको नजिक

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

गण्डकी– विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम