फ्राइडे फिल्मस्: ‘सरौतो’ सँगै यी फिल्म रिलिज « Khabarhub

फ्राइडे फिल्मस्: ‘सरौतो’ सँगै यी फिल्म रिलिज


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि सुमी मोक्तानको फिल्म ‘सरौतो’ प्रदर्शनमा आएको छ । योसँगै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन् ।

यी ३ फिल्ममध्ये ‘सरौतो’ को ठीकै चर्चा छ । फिल्ममा सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम लगायतका कलाकारको अभिनय छ भने हरि हुमागाईंको निर्देशन रहेको छ ।

निर्माण टिमले यो फिल्म स्तरीय भएको दाबी गरेको छ ।

यस्तै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ पनि प्रदर्शनमा आएको छ । यो फिल्ममा भाष्कर प्रधानको निर्देशन रहेको छ भने ऋचा सिंह, शिशिर राणा, गोपाल नेपाल, यशराज गराज लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘मखमली मखमली’ लाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा सुभेच्छा थापा, जयकिसन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ०३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी