फ्राइडे फिल्मस्: ‘सरौतो’ सँगै यी फिल्म रिलिज « Khabarhub

फ्राइडे फिल्मस्: ‘सरौतो’ सँगै यी फिल्म रिलिज


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि सुमी मोक्तानको फिल्म ‘सरौतो’ प्रदर्शनमा आएको छ । योसँगै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन् ।

यी ३ फिल्ममध्ये ‘सरौतो’ को ठीकै चर्चा छ । फिल्ममा सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम लगायतका कलाकारको अभिनय छ भने हरि हुमागाईंको निर्देशन रहेको छ ।

निर्माण टिमले यो फिल्म स्तरीय भएको दाबी गरेको छ ।

यस्तै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ पनि प्रदर्शनमा आएको छ । यो फिल्ममा भाष्कर प्रधानको निर्देशन रहेको छ भने ऋचा सिंह, शिशिर राणा, गोपाल नेपाल, यशराज गराज लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘मखमली मखमली’ लाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा सुभेच्छा थापा, जयकिसन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ०३ बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी