‘नालापानी’ हेरेपछि प्रधान सेनापतिले भने– इतिहास सम्झाउने फिल्म « Khabarhub

‘नालापानी’ हेरेपछि प्रधान सेनापतिले भने– इतिहास सम्झाउने फिल्म


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली फिल्म ‘नालापानी’ हेरेका छन् । ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’ को हालै एक विशेष प्रदर्शनीमा सो फिल्म हेरेका हुन् ।

नेपाली सेनाको मूख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति ‘नालापानी’ हेरेपछि आफू वि‍.सं. २०३८ मा पुगेको महसुस भएको प्रतिक्रिया दिए । उनले नेपालका रक्षाका लागि पुर्खाले गरेको योगदालाई फिल्मले स्मरण गराउने बताए ।

‘हामीले आफ्नो इतिहासलाई बिर्स्यौ‍ं भने हामीले हाम्रो राष्ट्रलाई पनि बिर्सन्छौँ । यो चलचित्रले हामीलाई इतिहास बिर्सन दिँदैन । राष्ट्रको रक्षाको लागि सेनाले मात्र नभएर सेना र जनता दुवैले सहकार्य गर्यो भने असम्भव केहि पनि छैन,’ थापाले भने, ‘नालापानीले हामी कहिल्यै कमजोर थिएनौँ भन्ने देखाउँछ । ‘नालापानी’ले नेपाली सेनामा वीर रस थप्छ ।’

बिशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु सहित ३०० जना बढि नेपाली सेनाका अधिकारीहरुले फिल्म हेरेका थिए ।

भीएफएक्सको अधिक प्रयोग भएको चलचित्र ‘नालापानी’ को टिजर केही महिनाअघि रिलिज भएको थियो ।यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा फिल्म आधारित छ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड) लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘नालापानी’को परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारीले गरेका छन् । नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

विशेष शो देखाइए पनि फिल्मको प्रदर्शन मिति भने अझै तोकिएको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : ५३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी