भोलि भक्तपुरका यी रुटमा सवारीसाधन प्रवेशमा रोक | Khabarhub Khabarhub

भोलि भक्तपुरका यी रुटमा सवारीसाधन प्रवेशमा रोक


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपनिर्वाचनलाई लक्षित गर्दै भक्तपुरका विभिन्न स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।

भक्तपुर प्रतिनिधिसभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र (क) मा हुने उपनिर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि शनिबार बेलुकी ९ बजेसम्म भक्तपुर जाने सवारीसाधनलाई विभिन्न नाकाबाट प्रवेश गर्न रोक लगाइएको हो।

निजी तथा सार्वजनिक सवारी साधन प्रवेशमा रोक लगाइएपनि जरूरी सवारीसाधन एम्बुलेन्स, शव वाहन, दमकल र निर्वाचन आयोगका अधिकृतबाट अनुमति प्राप्त सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ।

कहाँ कहाँका रुट बन्द

भक्तपुरको अरनिको राजमार्ग साँगादेखि राधेराधेसम्मको सडकबाट उत्तरतर्फ जाने बाटो र राधेराधे चोकबाट निकोशेरा चोकसम्मका सडकबाट पूर्वतर्फ जाने सम्पूर्ण सवारी साधनहरूमा प्रवेश रोक लगाइएको छ।

साथै, पेप्सीकोला मनोहरादेखि निकोशेरा सडकबाट उत्तरतर्फ जाने बाटोमा पनि सवारीसाधन प्रवेश गर्न रोक लगाइएको छ।

काठमाडौंबाट भक्तपुर जाने पेप्सीकोला मनोहरा र जडिबुटी मनोहरा नाका बाहेकका अन्य नाकाबाट प्रवेश निषेध गरिएको छ।

त्यस्तै, काभ्रेबाट भक्तपुर जाने साँगा नाका बाहेक अन्य सबै नाकाहरूमा सवारीसाधनमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : ०५ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको मुद्दामा थुनछेक

स्पेसएक्सद्वारा स्टारशिपको ११औं परीक्षण उडान सफल

लस एन्जलस- स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल

युद्धविरामपछि पनि रोकिएन इजरायली आक्रमण, कम्तीमा नौ प्यालेस्टिनीको ज्यान गयो

गाजा- युद्धविराम सुरू भएको साता बित्न लाग्दा पनि गाजा क्षेत्रमा

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा