ट्रम्प अचानक किन पुगे अफगानिस्तान ? « Khabarhub

ट्रम्प अचानक किन पुगे अफगानिस्तान ?


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेका छन् । त्यस क्रममा उनले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको बताए ।

बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले भने, “तालिबानहरूले वार्तामार्फत् सहमति जुटाउन चाहिरहेका छन् ।”

आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ गनीसँग पनि भेटघाट गरेका बीबीसीले जनाएको छ ।

शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले थ्याङ्क्सगिभिङ भनिने अमेरिकी पर्वको अवसरमा अचानक अफगानिस्तान भ्रमण गरेका हुन् । त्यस क्रममा ट्रम्पले अमेरिकाले सैनिकको सङ्ख्यालाई उल्लेखनीय रूपमा घटाउन लागेको बताए ।

अहिले अफगानिस्तानमा झन्डै १३,००० अमेरिकी सैनिकहरू परिचालित छन् । सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतङ्कवादी आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको १८ वर्ष पुगिसकेको छ ।

शान्ति वार्ताको पहल सुरु भएपछि हालै तालिबान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो । तर औपचारिक वार्ता भने अझै सुरु भइसकेको छैन।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : २७ बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल