ए डिभिजनको खेलतालिका सार्वजनिकप्रति मनाङ र च्यासल युव क्लबको विरोध « Khabarhub

ए डिभिजनको खेलतालिका सार्वजनिकप्रति मनाङ र च्यासल युव क्लबको विरोध


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही मंसिर २८ गतेदेखि शुरु हुने भनेर तय गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ‘टाइसिट ड्र’ (खेलतालिका सार्वजनिक) प्रति २ क्लबहरुले विरोध जनाएका छन् ।

साविक विजेता मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबले प्रतियोगिताको नियमावली नै सार्वजनिक नभइ खेलतालिका सार्वजनिक गर्न लागिएको भन्दै विरोध जनाएका हुन् ।

अखिल नेपाल फुटबल संघले यो वर्षका ए डिभिजन लिगका लागि शुक्रबार खेलतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गर्ने कार्यक्रम शुरु हुनेवित्तिकै मनाङ र च्यासलका पदाधिकारीहरुले प्रतियोगिताको नियमावलीबारे प्रश्न गरेका थिए ।

जवाफमा एन्फाका महासचिव इन्द्रमान तुलाधरले आइतबारसम्म नियमावलीको टुंगो लगाउने जानकारी दिएका थिए ।

तर, मनाङ र च्यासका पदाधिकारीहरुले भने प्रतियोगिताको नियमावली नै पारित नभइ खेलतालिका सार्वजनिक गर्न नपाइने भन्दै विरोध जनाएका हुन् ।

एन्फाले शुक्रबार नै खेलतालिका सार्वजनिक गर्ने आफ्नो पूर्वनिर्धारित कार्यक्रमबाट पछि हट्न नसकिने जनाएपछि मनाङ र च्यासलका पदाधिकारीहरु कार्यक्रमबाट बाहिरिएका छन् ।

आगामी मंसिर २८ गतेदेशि शुरु हुने भनेर तय गरिएको ए डिभिजन लिगमा १४ टीम सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : २१ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख