जीप पल्टिँदा तीन वर्षीया बालिकाको मृत्यु, ९ जना घाइते « Khabarhub

जीप पल्टिँदा तीन वर्षीया बालिकाको मृत्यु, ९ जना घाइते


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वमा जीप पल्टिँदा एकको मृत्यु भएको छ भने नौ घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व भूमे गाउँपालिका–२ खावाङकी तीन वर्षीया बालिका निसीम पुन रहेकी छिन् ।

कर्णाली प्रदेशको रुकुमपश्चिम मुसिकोटबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा१ज ४४४ नंको जीप भूमे गाउँपालिका–३ को जीतखोलास्थित सडकमा पल्टिएको हो ।

घाइते हुनेमा सिस्ने गाउँपालिका–७ की ३१ वर्षीया सुनिता बुढा, भूमे गाउँपालिका–२ की ४० वर्षीया मनकुमारी पुन, भूमे–२ की ३३ वर्षीया कुमारी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।

उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलकी १८ वर्षीया शान्ती सुनाम, सोही ठाउँकी ३० वर्षीया नन्द पुन, ५२ वर्षीया पूर्णसिंह पुन, सोही गाउँपालिका–१२ का ३७ वर्षीय लोकेन्द्र पुन, २५ वर्षीय विरोध पुन र गाडी चालक भूमे गाउँपालिका–७ गुनामका ३९ वर्षीय मुलमान विक रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ३६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको