खप्तड क्षेत्रमा हिमपात « Khabarhub

खप्तड क्षेत्रमा हिमपात


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिलगढी– सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण एकाएक चिसो बढेको छ ।

हिमपात भएसँगै  खप्तड आसपासका स्थानीयवासीलाई आवतजावत तथा काम गर्नमा समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक वार्डेन प्रकाशबहादुर शाहले बताए । उनले भने, ‘बिहीबार रातिदेखि बाक्लो हिमपात भएको छ, हिमपातले स्थानीय तथा वन्यजन्तुलाई आवतजावत र काम गर्नमा समस्या भएको छ ।’

खप्तडसँगै जिल्लाका उच्च हिमाली भेगहरु देउताल, केदार, गुनडमा पनि हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।

हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । आकाशको पानीले खेती गर्नुपर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका थिनन् ।

पानी पर्न थालेपछि किसानलाई खेती लगाउन सजिलो हुने भन्दै खुशी भएका छन् । बिहीबार साँझपखबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, बाजुरा, अछाम, बझाङ, दार्चुला र डोटीमा एकाएक मौसम बदली भएको थियो ।

यहाँका अन्य जिल्लामा हिमपात नभए पनि बाजुरा र डोटीका उच्च लेकाली भेगमा भने हिमपात भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ०० बजे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन