पर्यटकीय क्षेत्रको प्रचारका लागि पत्रकार महासंघको विशेष अभियान | Khabarhub Khabarhub

पर्यटकीय क्षेत्रको प्रचारका लागि पत्रकार महासंघको विशेष अभियान


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– नेपाल पत्रकार महासङ्घ सल्यानको बैठक पाँचबुँदे निर्णय पारित गर्दै दार्मागाउँपालिका–४ मालिका लेकमा शुक्रबार सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जिल्लाका पर्यटकीयस्थलको पहिचान गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी जिल्लाका प्रमुख पर्यटकीयस्थलको पहिचान गरी प्रचारप्रसार गर्ने गरी सन् २०२० सम्म प्रत्येक महिना जिल्लाका प्रमुख पर्यटकीयस्थलमा बैठक आयोजना गर्ने पत्रकार महासङ्घ सल्यान शाखाका अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिए । बैठकले जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पूर्वाधार विकास गर्न जिल्लाका १० वटै स्थानीयतहसँग बृहद् अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्लाका पर्यटकीयस्थलको समग्र विकासका लागि स्थानीयतहसँग समन्वय गर्ने तथा व्यापक प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न भूमिका खेल्ने निर्णय गरेको छ । ‘जिल्लाका विभिन्न स्थानमा पर्यटकीयस्थल छन्, तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेकै कारण महासङ्घको अगुवाइमा प्रमुख पर्यटकीय गन्तव्य बनाउने अभियान चलाएका छौँ,’ पत्रकार महसङ्घ सल्यानका अध्यक्ष शर्माले भने ।

सल्यान शाखाले यसअघि लक्ष्मीपुर, कुमाख, चाँदनी साततले गुफा लगायतका पर्यटकीयस्थलमा बैठक सम्पन्न गरेको जानकारी गराउँदै आगामी पुस १९ गते कपुरकोटमा बैठक आयोजना गरिने अध्यक्ष शर्माले जानकारी दिए ।

सुमन्द्र सतहदेखि करिब दुई हजार २०० मिटर अग्लो मालिका लेकबाट चारैतर्फका सुन्दर दृश्य अवलोकन गर्न सकिने गाउँपालिकामन अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए । ‘यहाँबाट सल्यान जिल्लामात्र हैन रुकुम र जाजरकोटका अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ, सूर्योदय र सूर्य अस्ताउने दृश्य सबैभन्दा आकर्षक छ,’ अध्यक्ष केसीले भने ।

यस लेकमा मालिका र कालिका दुई दिदीबहिनी बास बसेर गएकोे हुनाले यहाँ आएर मालिका र कालिका मन्दिरमा पूजाआजा गरे मनोकामना पूरा हुने जनविश्वास रहेकाले भदौमा यहाँ ठूलो धार्मिक मेला लाग्ने गरेको स्थानीयवासी हीरालाल केसीले जानकारी दिए ।

मालिकाको विकास गर्न गाउँपालिकाले गुरुयोजना तयार गरेको गाउँपालिकाले जनाएको छ । ‘यो जिल्लाकै सुन्दर लेक हो यहाँ आएर जाने मान्छे फर्केर फेरि आउँछ यही नै यहाँको विशेषता हो यसलाई जोगाउन गाउँपालिकाले सबैको सहयोगको आशा राखेको छ,’ गाउँपालिकाका उपाध्यक्ष टीका शर्मा वलीले भनिन् ।

सदरकुमकाम खलङ्गादेखि करिब ४५ किलोमिटर टाढाको यस मालिका लेकमा पुग्नुभन्दा पहिले पनि अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : १५ बजे

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब