रेशमलाई जन्मकैदको फैसलापछि राजेन्द्र महतोको प्रतिक्रियाः ओली–प्रचण्डले पनि जेल जानु पर्‍यो ! « Khabarhub

रेशमलाई जन्मकैदको फैसलापछि राजेन्द्र महतोको प्रतिक्रियाः ओली–प्रचण्डले पनि जेल जानु पर्‍यो !


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर घटनाको मुद्दाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको फैसलाप्रति राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो ।

टीकापुर घटनाको फरार अभियुक्तका रुपमा रहेकै बेला वारेशनामा मार्फत कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका चौधरी निर्वाचनमा ठूलो मतान्तरसहित विजयी भएका थिए ।

हालैमात्र प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने छ ।

अदालतको फैसलापछि खबरहबसँग कुराकानी गर्दै महतोले भने, ‘जनताको अदालतभन्दा ठूलो अर्को अदालत हुँदैन । अदालतको यो फैसलाविरुद्ध हामी राष्ट्रिय आन्दोलनमा जान्छौं ।’

रेशम चौधरी एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस भएको उल्लेख गर्दै महताले भने, ‘एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस यसरी जेल जाने भए प्रचण्ड, केपी ओली, शेर बहादुर देउवा जेल जानु पर्यो । रेशम चौधरी मात्रै किन जाने ?

राजपा नेता महतोले अदालतको फैसलाविरुद्ध आन्दोलनमा जाने समेत चेतावनी दिए । ‘हामी आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौं,’ महतोले भने ।

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ०४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड