रेशमलाई जन्मकैदको फैसलापछि राजेन्द्र महतोको प्रतिक्रियाः ओली–प्रचण्डले पनि जेल जानु पर्‍यो ! « Khabarhub

रेशमलाई जन्मकैदको फैसलापछि राजेन्द्र महतोको प्रतिक्रियाः ओली–प्रचण्डले पनि जेल जानु पर्‍यो !


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर घटनाको मुद्दाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको फैसलाप्रति राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो ।

टीकापुर घटनाको फरार अभियुक्तका रुपमा रहेकै बेला वारेशनामा मार्फत कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका चौधरी निर्वाचनमा ठूलो मतान्तरसहित विजयी भएका थिए ।

हालैमात्र प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने छ ।

अदालतको फैसलापछि खबरहबसँग कुराकानी गर्दै महतोले भने, ‘जनताको अदालतभन्दा ठूलो अर्को अदालत हुँदैन । अदालतको यो फैसलाविरुद्ध हामी राष्ट्रिय आन्दोलनमा जान्छौं ।’

रेशम चौधरी एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस भएको उल्लेख गर्दै महताले भने, ‘एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस यसरी जेल जाने भए प्रचण्ड, केपी ओली, शेर बहादुर देउवा जेल जानु पर्यो । रेशम चौधरी मात्रै किन जाने ?

राजपा नेता महतोले अदालतको फैसलाविरुद्ध आन्दोलनमा जाने समेत चेतावनी दिए । ‘हामी आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौं,’ महतोले भने ।

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ०४ बजे

यू-१९ नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं – एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर

आज अपाङ्गता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं – अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न