नयाँ दिल्ली– पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर ६ वर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेपछि भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ । अघिल्लो वर्षको सोही समयमा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा अघिल्लो त्रैमासिकमा पाँच प्रतिशत कायम रहेको आर्थिक वृद्धिदरमा ०.५ प्रतिशतको कमी आएको हो ।
भारतका लागि आवश्यक आर्थिक वृद्धिदरको तुलनमा यो निकै तल भएको र यसका कारण भारतीय श्रम बजारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि लाखौँका लागि रोजगारी वृद्धि गर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्नमा समस्या हुने अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया