जीवन बनाउँछु भन्दै सागको मुखैमा भागिन् एथ्लेटिक्स खेलाडी | Khabarhub Khabarhub

जीवन बनाउँछु भन्दै सागको मुखैमा भागिन् एथ्लेटिक्स खेलाडी


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् ।

विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।

सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।

उनी ४ सय मिटरको दौड र ४ सय मिटर हर्डलमा नेपालको प्रतिनिधित्व गर्दै थिइन् ।

बिहीबार खेलाडीले होटल छाडेको प्रशिक्षक गुुरुङले बताए । ‘आफ्नो जीवन बनाउँछु भन्दै अन्य खेलाडीहरुलाई म्यासेज गरेको रहेछ,’ प्रशिक्षक गुरुङले भने,‘हिजो (बिहीबार) बिहान नौ बजे एयरपोर्ट भित्र प्रवेश गरेको रहेछ ।’

बिहीबार बिहान भेटघाटका लागि भनेर निस्किएकी उनी कतार गएको प्रशिक्षक गुरुङले अन्य खेलाडीमार्फत जानकारी पाएको र मौखिक रुपमै संघलाई हिजै जानकारी गराइसकेको बताएका छन् ।

सागको औपचारिक उद्घाटन आईतबार हुदैछ । तर एथ्लेटिक्समा नेपालको चुनौती पेश गर्ने खेलाडी भने तीन दिन अघि बन्द प्रशिक्षणबाट भागेर कतार हिँडेकी हुन् ।

‘उनी मेडल ल्याउने सम्भावित खेलाडी थिइन्,’ प्रशिक्षकले भने, ‘हामीले हरेक विधामा दुई जना खेलाडीलाई प्रशिक्षणमा राखेका थियौं । अब उनको स्थानमा अर्को खेलाडी खेल्नेछ ।’

सागमा एथलेटिक्सका खेलहरु सोमबार देखि शुरु हुँदैछन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ५५ बजे

दाङमा धान उत्पादन बढ्यो

दाङ– गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १०

मुग्लिन- पोखरा सडक : पूर्वी खण्ड कालोपत्र गरिँदै

दमौली – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम

दरबारमार्गमा एमालेले शक्ति प्रदर्शन गर्दै

काठमाडौं–  सत्तारुढ दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै

शपथ अगाडि नै ट्रम्पको निर्णय विवादमा : गेयट्जले महान्यायाधिवक्ता छोडेपछि बियोन्डी नियुक्त

न्युयोर्क – अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प पदमा प्रवेश

आजको मौसम : देशका अधिकांश भागमा सफा रहने

काठमाडौं– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर