एम्बुलेन्स खरिदका लागि सांस्कृतिक मेला « Khabarhub

एम्बुलेन्स खरिदका लागि सांस्कृतिक मेला


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- माडीमा सांस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ । यही मंसिर २० देखि २९ गतेसम्म माडी नगरपालिका–१ बरुवा बजारमा मेला आयोजना गर्न लागिएको हो ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा मेला हुन लागेको हो ।

मेलाका संयोजक एवम् थारू कल्याणकारिणीसभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

थारू कल्याणकारिणीसभा माडीले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुलादेखि माडीका अन्य क्षेत्रमा सेवा पुर्‍याउने बताइएको छ । मेलामा माडीको पर्यटन एवम् संस्कृति झल्कने विभिन्न सामग्रीको प्रस्तुति, थारू, बोटे गाउँ एवम् परिकार प्रदर्शनी तथा माडी स्टार डान्स आइडल प्रतियोगिता सञ्चालन गरिने संयोजक महतोले बताए ।

यस्तै मेलामा स्थानीय उत्पादन र सेवाको प्रवद्र्धन, बाल उद्यान, विभिन्न वित्तीय संस्था, अटो, रेष्टुरेन्ट, पर्यटनलगायत गरी करिब १५० कक्ष रहने छन् । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति रहनेछ । थारू समुदायको बाहुल्य रहेको माडीमा थारू कलाकारलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १२ : ५७ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको