महात्मा बुद्धले भने– यस्ता मानिस कहिल्यै गरीब हुँदैनन् « Khabarhub

महात्मा बुद्धले भने– यस्ता मानिस कहिल्यै गरीब हुँदैनन्


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक गौतम बुद्ध एक गाउँमा पुगेका थिए । मानिसहरु आफ्ना समस्या लिएर बुद्ध भएको ठाउँमा पुग्थे र समस्याको समाधान भएपछि खुुसी हुँदै फर्किन्थे । त्यही गाउँको सडकको किनारामा एक जना माग्ने बस्ने गरेको थियो ।

मानिसहरु बुद्धकोमा गएको उसले ध्यान दिएर हेरिरहेको थियो । उसलाई अचम्म लागिरहेको थियो कि बुद्ध कहाँ जाँदा मानिसहरुको अनुहार निकै दुखी खालको हुन्थ्यो तर फर्किएर आउँदा हास्दै आउँथे ।

त्यसपछि उसले म पनि किन नजाने त भन्ने सोच्यो र एक दिन बुद्ध भएको स्थानमा गयो ।

मानिसहरु लाइनमा बसेका थिए । बुद्धसँग आफ्ना समस्या सुनाउँथे । जवाफ पाएपछि खुसी भएर फर्कन्थे ।

जब उसको पालो आयो त्यसपछि उसले बुद्धलाई भन्यो,‘भगवान ! यो गाउँमा सबै सुखी र सम्पन्न छन्, म मात्र किन गरीब ?’ उसको प्रश्न सुनेर बुद्धले मुस्कुराउँदै भने,‘तिमी गरीब र निर्धन यसकारण भयौं कि तिमीले आजसम्म कसैलाई केही दिएका छैनौं ।’ बुद्धका कुरा सुनेर माग्ने छक्क पर्‍यो र सोध्यो,‘भगवान! म सँग अरुलाई दिन छ नै के र ? मेरो दैनिकी चलाउन मुस्किल छ । म अरुको घरघरमा गएर मागेर गुजारा चलाइरहेको छु ।’

शान्त मुद्रामा बुद्धले भने,‘तिमी अज्ञानी छौं । अरुलाई बाँड्नका लागि भगवानले तिमीलाई यति धेरै दिएका छन् तिमीलाई थाहा छैन ? तिमीले थाहा पाउने छौं कि अरुका लागि दिनका लागि भगवानले दिएको कुरा सजिलै तिमी दिन सक्छौं ।’ बुद्धले अगाडि भने,‘तिमीले मानिसमा आशाको सञ्चार गराउन सक्छौं । मुखबाट दुईवटा भएपनि मिठा शब्द बोल्न सक्छौं । दुबै हातले मानिसको लागि सहयोग गर्न सक्छौं । जसलाई ईश्वरले यी तीन चीज दिएको हुन्छ त्यो मानिस कहिल्यै गरीब हुँदैन, निर्धन भएको विचार व्यक्तिको मनमा हुन्छ । यो त एक भ्रम हो । यसलाई हटाउ ।’

यो सुनेर माग्ने निकै खुसी भयो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : १६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा