पोखरामा ताइवानी नागरिकको मृत्यु « Khabarhub

पोखरामा ताइवानी नागरिकको मृत्यु


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा आज एक ताइवानी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ३०२५३५२७७ भएको ५७ वर्षीय युचाङ छिङको मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

अन्नपूर्ण आधार शिविरको पदयात्राबाट फर्किएका उनी आज बिहान घान्द्रुकको टाडापानी आइपुगेका थिए । उनी मङसिर ८ गते पदयात्राका लागि पोखराबाट अन्नपूर्ण आधारशिविर गएका थिए ।

आज बिहान अचानक छाती दुख्न थालेपछि उनका साथीहरुले प्रभु एयरको हेलिकप्टरबाट मनिपाल शिक्षण अस्पताल पोखरा ल्याएर भर्ना गरेका थिए । उनको उपचारको क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ०८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी