उपनिर्वाचनमा सत्तापक्षले धाँधली गरेको कांग्रेसको आरोप | Khabarhub Khabarhub

उपनिर्वाचनमा सत्तापक्षले धाँधली गरेको कांग्रेसको आरोप


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । वर्तमान सरकारले उपनिर्वाचनलाई धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको कांग्रेसको आरोप छ ।

शनिवार(आज) ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको थियो ।

मतदान सकिएर केही वडाहरुको मतगण सार्वजिनक हुन शुरु हुँदा शनिबार साँझ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चुनावमा धाँधली भएको आरोप लगाएको हो ।

‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायित्व सरकारको हो । नेपाली कांग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदा पनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको थियो । तर वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद त छ नै हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपाले आफ्ना उम्मेदवारलाई जिताउनका लागि सत्ताको दुरुपयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।

सरकारी पक्षको असहयोग र अनेक दबाबका विच निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, मतदानमा सरिक भएका राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकाय एवं निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई नेपाली कांग्रेसले धन्यवाद र आभार प्रकट गरेको छ।

सभापति देउवाले मतगणना लगायतको बाँकि कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई आव्हान समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

देउवाले मतपेटीका संकलन र मतगणनाको कार्यमा विशेष सर्तकता राख्न कार्यकर्तामा अपिल गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ५९ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट