गडीमाई-२ मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी | Khabarhub Khabarhub

गडीमाई-२ मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ७ सय ७१ मत ल्याएर विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याए । समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए ।

१ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतदान भएकोमा १ हजार ५ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका थिए।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित वडाअध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि यो वडामा उपनिर्वाचन भएको हो।

मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उमेदवारी दिएपनि उनी निकटतम प्रतिष्पर्धी बन्न सकेनन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ४८ बजे

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज