उपनिर्वाचन– नेकपाले र कांग्रेसले यसअघि जितेको कहाँ हारे, नयाँ कहाँ जिते ? | Khabarhub Khabarhub

उपनिर्वाचन– नेकपाले र कांग्रेसले यसअघि जितेको कहाँ हारे, नयाँ कहाँ जिते ?


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचन अन्तर्गत स्थानीय तहका ४३ वडा अध्यक्षहरुमध्ये अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा सत्तारुढ दल नेकपाले २२ स्थानमा जीत हात पारेर अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ वडा अध्यक्षमा जीत हात पारेको छ । त्यसतै राजपाले ३ र समाजवादीले ३ वडा अध्यक्षमा जीत हात पारेका छन् ।

यसअघि भएको निर्वाचनमा जितेको ८ स्थान सत्तारुढ दल नेकपाले गुमाएको छ । तत्कालिन नेकपा एमालेले जितेको २१ र तत्कालिन माआवादी केन्द्रले जितेको २ वडासमेत गरि २३ वडामध्ये नेकपाले ८ वटा वडा गुमाएको छ । त्यस्तै कांग्रेसले पनि यसअघि जितेका ८ वडा गुमाएको छ । कांग्रेसले गुमाएको वडाहरु नेकपाले हात पारेको छ ।

नेकपाले उपचुनावमा कांग्रेसले यस अघि जित निकालेका इन्द्रावती ८ सिन्धुपाल्चोक , फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, , कोहलपुर ६ बाँके, थवाङ १ रोल्पा, मेल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरामा जितेको छ । यस्तै नेकपाले यसअघि जितेको हिलिहाङ ७ पाँचथर,धनपालथाम २ मोरङ,हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ, दोगडा केदार ४ बैतडी, पुर्चौडी ४ बैतडी गुमाएको छ जसमा कांग्रेसले जितेको छ ।

को को भए विजयी ?

पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका छन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएक हुन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भए ।

सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : २५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु