साग फुटबल–खेल तालिका परिवर्तनमा माल्दिभ्स र श्रीलंकाको असन्तुष्टि | Khabarhub Khabarhub

साग फुटबल–खेल तालिका परिवर्तनमा माल्दिभ्स र श्रीलंकाको असन्तुष्टि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसिशयाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिकामा श्रीलंका र माल्दिभ्सका प्रशिक्षकले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतवार प्रि म्याच कन्फरेन्समा श्रीलंका र माल्दिभ्सका प्रशिक्षकले फिफाको नियम विपरीत खेल तालिका सार्वजनिक गरेको गुनासो गरेका हुन् ।

समूह एमा नेपालसहित बंगलादेश र भुटान रहेका छन् भने समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका रहेका रहेका थिए । तर भारतले साग फुटबलमा सहभागी नहुने जनाएपछि तालिका परिवर्तन भएको थियो ।

हरेक दिन खेल खेल्नु पर्दा खेलाडी घाइते हुनसक्ने भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

‘हरेक दिन खेल्दा खेलाडी घाइते हुने अवस्था बन्न सक्छ,’ माल्दिभ्सका प्रशिक्षकले भने ,’भारत नआएपछि खेल तालिका किन परिवर्तन गरिएको?’

यसका साथै उनले हचुवाको भरमा खेल तालिका बनाएको र आफ्नो टिमले प्रिम्याच कार्यक्रमका २० मिनेट अगाडीमात्र नयाँ खेल तालिका थाहा पाएको बताए ।

यस्तै श्रीलंका टिमका प्रशिक्षकले भने आफ्नो टिम जित्नका लागि नेपाल आएको बताए ।

नेपाल आउनु अगाडी टिममा केहि परिवर्तन गरिएको उनले खुलासा गरे । सागमा सहभागिता जनाउन नमान्ने खेलाडी विरुद्ध एक्सन लिएको उनले बताए ।

श्रीलंकाका प्रशिक्षकले पनि खेल तालिका परिवर्तन गरिनुमा असन्तुष्टी जनाए । खेल भनेको नियममा रहेर खेल्नुपर्ने, हामी पदक जित्नका लागि आएका थियौ, तर अचानक सेड्युल परिवर्तन भएकाले केहि कठिन हुने बताए ।

यस्तै भुटानका कप्तानले आफ्नो टिम अन्डरडग रहेको बताए । उनले बंगलादेश विरुद्धको खेलका लागि आफुहरु तयार रहेको धारणा राखे । अरु टिमले जस्तो आफुहरुलाई खेल तालिकाका बारेमा कुनै टिप्पणी गर्न आवश्यक नरहेको बताए ।

प्रशिक्षकले भने भुटानले राम्रो फुटबल खेल्ने र सबैले स्वर्णका लागि लक्ष्य लिएको बताउँदै आफुहरुपनि त्यसैका लागि खेल्ने धारणा राखे । प्रशिक्षकले नेपाल र भुटानको बातावरण मिल्नु टिमका लागि फाइदाजनक हुने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : ११ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र