क्रसर उद्योगमा पेस्तोल बरामद « Khabarhub

क्रसर उद्योगमा पेस्तोल बरामद


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिको क्रसर उद्योगबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। प्रहरीले शुक्रबार राति पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली बरामद गरेको हो।

यो क्रसरमा रहेको टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको इलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी निरीक्षक धर्म जंग थिङले जानकारी दिए।

पोस्तोल भेटिएको ठाउँ नजिकै केएफ ७.६५ लेखिएको १ राउण्ड गोलीसमेत बरामत गरिएको प्रहरी निरिक्षक थिङले पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले क्रसर उद्योगबाट हतियार बरामद गरेको थियो। पेस्तोल र गोली फेला परेको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

यो क्रसर उद्योग बनेपाको राजभक्त प्रधान र युद्धबहादुर थापाको नाममा जिल्लामा दर्ता छन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ३२ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको