बलात्कार आरोपी सिद्धबाबालाई ‘हर्ट अट्याक’, पक्राउ गर्न गएको प्रहरी रित्तो हात फिर्ता « Khabarhub

बलात्कार आरोपी सिद्धबाबालाई ‘हर्ट अट्याक’, पक्राउ गर्न गएको प्रहरी रित्तो हात फिर्ता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– बलात्कारको आरोप लागेर अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ‘हर्ट अट्याक’ भएको छ ।

विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भन्दै चिकित्सकहरुले सघन उपचार कक्ष (आईसीयू)मा राखेका छन् ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली बलात्कार आरोपित सिद्धबाबालाई पक्राउ गर्न विराट नर्सिङ होम पुगेको थियो ।

तर, चिकित्सकहरुले उनलाई हर्ट अट्याक भएकाले बाहिर लैजान दिएनन् ।

प्रहरी सिद्धबाबालाई पक्राउ गरी अदालत पेश गर्ने तयारीमा थियो । तर, चिकित्सकहरुले उनलाई बाहिर लैजान नमिल्ने भनेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद शर्माले जानकारी दिए ।

डिएसपी शर्मा नेतृत्वको टोली सिद्धबाबालाई पक्राउ गर्न दिउँसो ३ बजेसम्म पनि नर्सिङ होममै रोकिएको थियो । तर, चिकित्सकहरुले सिद्धबाबासँग भेट्न समेत नदिएपछि आफूहरु फर्किनु परेको टोलीका एक सदस्यले जानकारी दिए ।

‘अस्पताल (विराट नर्सिङ होम)का चिकित्सकहरुले सिद्धबाबालाई हर्ट अट्याक भएको छ भनेर भन्नुभयो । हामीले उहाँको अवस्था कस्तो छ भनेर भेटेरै जानकारी लिने कोशिष पनि ग¥यौं । तर, उहाँहरुले भित्र जान दिनुभएन, त्यसपछि हामी फर्कियौं ।’

सिद्धबाबा भनिने गिरीमाथि उनकै अनुयायी एक महिलाले जबरजस्ती करणी (बलात्कार)को आरोप लगाएकी छन् ।

पीडित भनिएकी महिलाले गिरीविरुद्ध जबरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीसँग अनुमति समेत लिइसकेको छ ।

गिरी भने अदालतले पक्राउ पूर्जि जारी गरेकै दिनदेखि अस्पताल भर्ना भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : २४ बजे

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको