बलात्कार आरोपी सिद्धबाबालाई ‘हर्ट अट्याक’, पक्राउ गर्न गएको प्रहरी रित्तो हात फिर्ता « Khabarhub

बलात्कार आरोपी सिद्धबाबालाई ‘हर्ट अट्याक’, पक्राउ गर्न गएको प्रहरी रित्तो हात फिर्ता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– बलात्कारको आरोप लागेर अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ‘हर्ट अट्याक’ भएको छ ।

विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भन्दै चिकित्सकहरुले सघन उपचार कक्ष (आईसीयू)मा राखेका छन् ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली बलात्कार आरोपित सिद्धबाबालाई पक्राउ गर्न विराट नर्सिङ होम पुगेको थियो ।

तर, चिकित्सकहरुले उनलाई हर्ट अट्याक भएकाले बाहिर लैजान दिएनन् ।

प्रहरी सिद्धबाबालाई पक्राउ गरी अदालत पेश गर्ने तयारीमा थियो । तर, चिकित्सकहरुले उनलाई बाहिर लैजान नमिल्ने भनेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद शर्माले जानकारी दिए ।

डिएसपी शर्मा नेतृत्वको टोली सिद्धबाबालाई पक्राउ गर्न दिउँसो ३ बजेसम्म पनि नर्सिङ होममै रोकिएको थियो । तर, चिकित्सकहरुले सिद्धबाबासँग भेट्न समेत नदिएपछि आफूहरु फर्किनु परेको टोलीका एक सदस्यले जानकारी दिए ।

‘अस्पताल (विराट नर्सिङ होम)का चिकित्सकहरुले सिद्धबाबालाई हर्ट अट्याक भएको छ भनेर भन्नुभयो । हामीले उहाँको अवस्था कस्तो छ भनेर भेटेरै जानकारी लिने कोशिष पनि ग¥यौं । तर, उहाँहरुले भित्र जान दिनुभएन, त्यसपछि हामी फर्कियौं ।’

सिद्धबाबा भनिने गिरीमाथि उनकै अनुयायी एक महिलाले जबरजस्ती करणी (बलात्कार)को आरोप लगाएकी छन् ।

पीडित भनिएकी महिलाले गिरीविरुद्ध जबरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीसँग अनुमति समेत लिइसकेको छ ।

गिरी भने अदालतले पक्राउ पूर्जि जारी गरेकै दिनदेखि अस्पताल भर्ना भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै