उमेरबारे चिन्ता नलिइ जीवन जिउन शताब्दी पुरुष सत्यमोहनको सुझाव « Khabarhub

उमेरबारे चिन्ता नलिइ जीवन जिउन शताब्दी पुरुष सत्यमोहनको सुझाव


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एक सय वर्ष टेकेका वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले उमेरले आफूभन्दा दश, बाह्र वर्ष कम उमेरहरुलाई चिन्ता नलिन सुझाव दिएका छन् ।

ललितपुर महानगरपालिका, ज्येष्ठ नागरिक समाज लगायतले ललितपुरमा आयोजना गरेको जेष्ठ नागरिक अभिन्नदन कार्यक्रममा उनले सन्तोषी हुन आग्रह गरे ।
‘छोराले हेरेनन् , बुहारीले हेननन् , भत्ता बढेन नभन्नुस्, उनले भने, ‘शान्त भएर बस्नुस् ।’ उनले आफूसँग भएका कुराले सन्तोष लिन सबैलाई अनुरोध गरे ।

वृद्ध अवस्था ईश्वरीय वरदान भएको बताउँदै दीर्घ जीवनको मुख्य आधार सन्तुष्टि भएको बताए । अभिनन्दित सिता भण्डारीले पनि सन्तोषले नै आफूले लामो जीवन पाएको बताइन् । एक सय १ वर्षकी सिताले भनिन् , ‘चिन्ता रोगको एक मुख्य कारण हो, खानपिन समेत ध्यान दिनुपर्छ । ’ उनी महानगरको वडा न.२२ मा बस्छिन् ।

आयोजक संस्थाहरुको अनुसार अभिनन्दित हुनेमा एक सय ४८ जना छन् ती मध्ये ९१ जना महिला र ५७ जना पुरुष छन् । ८९ वर्ष पुगेका जेष्ठ नागरिकलाई अभिन्नदन गरिएको हो । अभिन्दित हुने मध्ये सबैभन्दा धेरै उमेरकीजेष्ठ सिता भण्डारी थिइन् ।

ग्वार्खोकी गोमती सुवेदी ९२ वर्ष भइन् । फूर्तिली देखिने उनलाई कुनै रोग छैनन्। ध्यान गर्छिन् । चिन्ता गर्दिनन् । भन्छिन्, ‘पूजा गर्छु , भक्तिमा रमाउँछु, यसले मान्छेलाई आनन्द दिने रहेछ ।’

ह्रिप्रसाद दुवाल ८९ वर्ष भए । उनी अहिले पनि सक्रिय छन् । मुद्रा संकलक संघका सल्लाहकार हुन् । काम पर्दा त्यहाँ जान्छन् । सन् १९६०मा अमेरिकाको युनिभर्सिटी आफ बेरुतबाट जनस्वास्थ्य विषय पढेर आएका हरिप्रसाद दिर्घायुको मुख्य कारण स्वास्थ्य क्षेत्रको संलग्न भएको बताउँछन् ।
‘मनमा कुरा खेलाउँदिन, काम गर्दा विचार पुर्याउँछु’ उनले भने । सन्तुष्टि र खुशीले नै मानिसलाई दीर्घजीवी बनाउने उनले बताए ।
ज्येष्ठ नागरिक समाजका सल्लाहकार गोपालमान श्रेष्ठका अनुसार तेस्रो देव रथारोहण भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । तीनपटक रथारोहण गरेपछि मान्छे देवता हुने जनविश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेष्ठ नागरिकलाई महानगरले जीवन छँदा नै सम्मान गर्ने नीति लिएको बताए । उनले जेष्ठ नागरिकको सहज जीवनका लागि महानगरले विभिन्न कार्यक्रम ल्याउने बताए । अभिन्दित जेष्ठ नागरिकलाई नगद सहित फूलमालाले सम्मान गरिएको थियो । कार्यक्रममा महानगरका वडा अध्यक्ष तथा सल्लाहकारहरुको समेत सहभागिता थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ०२ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार