अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टीलमा कर वृद्धि गर्ने « Khabarhub

अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टीलमा कर वृद्धि गर्ने


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाले ब्राजिल र अर्जेन्टिनाबाट आयात हुने स्टील तथा आल्मुनियममा कर वृद्धि गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गरेको ट्वीट सन्देशमा ब्राजिल तथा अर्जेन्टिनाबाट आयात गर्ने स्टील, आल्मुनियमलगायतका सामानमा अमेरिकी प्रशासनले कर वृद्धि गर्न लागेको बताएका हुन्  ।

राष्ट्रपति ट्रम्पको सन्देशमा भनिएको छ, ‘ब्राजिल र अर्जेन्टिनामा व्यापक मुद्रा स्फीति भएको र अमेरिकी किसानले उनीहरूको सामान खरिद गर्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्रमा परेको देखिएकोले त्यहाँबाट खरिद हुने स्टील, आल्मुनियमलगायतका सामानमा कर वृद्धि गर्न लागिएको हो ।’

ट्रम्पले बिलम्ब नगरिकन निर्णयलाई कार्यान्वयनमा ल्याइने पनि बताएका छन् ।

अमेरिकी ट्रम्प प्रशासनले हरेक कुरामा ‘अमेरिका प्रथम’ भन्ने नीतिलाई अघि सार्दै यस अघि चीन, जापान, भारत, मेक्सिकोलगायतका देशबाट आयात गर्ने सामानहरूमा पनि कर वृद्धिको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ९ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना