बिरामी रेफर गर्दा आर्थिक लाभ नलिन मेडिकल काउन्सिलको आग्रह « Khabarhub

बिरामी रेफर गर्दा आर्थिक लाभ नलिन मेडिकल काउन्सिलको आग्रह


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काउन्सिलको आचार संहिता अनुसार काम गर्न निर्देशन दिएको छ ।

काउन्सिलले सुचना जारी गर्दै केही दिन यता स्वास्थ्य सेवाको क्षेत्रमा गैर व्यवसायिक आचरण वृद्धि हुँदै गएको भन्दै काउन्सिलको आचार संहिता अनुसार काम गर्न निर्देशन दिएको हो ।

काउन्सिलले बिरामी रेफर गर्दा आर्थिक लाभ लिने र दिने काम गर्न नहुँने बताएको छ ।

काउन्सिलको कोड अफ इथिक्स् एण्ड प्रोफेसनल कन्डक्ट को दफ ३ डी मा ‘कुनै पनि चिकित्सकले औषधि लेखेवापत अथवा कुनै विज्ञलाई रेफर गरेवापत थप सुविधा, कमिशन वा बोनसहरु स्विकार गर्नु काउन्सिलको आचार संहिता विपरित भएको’ उल्लेख भएको भन्दै यस्ता कार्य नगर्न र नगराउन सबै दर्तावाला चिकित्सकलाई आग्रह गरेको छ ।

स्वास्थ्य सेवामा संलग्न अस्पताल, व्यवस्थापक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकले समेत आचार संहिता अनुसार काम गर्न काउन्सिलले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ०७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर