दलितले खोलाको पानी पिउँदा समेत घारा छुन दिँदैनन् गैरदलित परिवार « Khabarhub

दलितले खोलाको पानी पिउँदा समेत घारा छुन दिँदैनन् गैरदलित परिवार


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ पारित भएको आठ वर्ष वितिसक्दा पनि अझै जातीय छुवाछूतको जरा उखेलिन सकेको छैन ।

डडेल्धुराको अमरगढी नगरपालिकाकै वडा नं ५, ६, ७ र ८ का एउटै टोलमा रहेका दलित र गैरदलित परिवार छुट्टाछुट्टै नोला र धाराको पानी प्रयोग गर्छन् । दुवैका नोला र धारा करीब १५ देखि ५० मिटरको फरकमा हुन्छन् ।

बाक्लो बस्ती रहेको अमरगढी नगरपालिका–६ छचोडामा २ सय ५० दलित सुमुदायका टमटा जाती बस्छन् भने २० गैरदलित साहु र खड्का र रावल थरका मानिस बस्छन् । टमटा गाउँमा दलितको नोला (पानी मुहान)  र धारामा पानी नहुँदा गैरदलितको नोला र धारामा प्रशस्त पानी भएको बेलामा समेत पानी प्रयोग गर्न नपाइएको स्थानीय शिक्षक भक्तबहादुर बिकले बताए ।

स्थानीय समाजसेवी पदम ताम्राकारले दलित समुदाय गर्मीयाममा पानीका लागि रातभरी जाग्राम बस्नुपर्ने वा दुई घण्टाको पैदलदुरीमा रहेको खोलाबाट फोहर पानी पिउनुपर्ने बाध्यता रहेका बताए ।

अमरगढी–७ जोशी गाउँमा पनि दमाईँ र जोशी परिवारका लागि छुट्टाछुट्टै पानी धारा बनाइएका छन् । सो गाउँमा दलितबाहेक जोशी परिवारको बाहुल्यता छ ।

पहिलाबाट नै छुट्टाछुट्टै धारा प्रयोग गरे पनि दलित परिवारलाई आफ्नो धारामा रोक नलगाएको जोशी परिवारको भनाइ छ । जोशी परिवारमा महिला महिनावारी र सुत्केरी हँुदा दलितले प्रयोग गर्ने धारामा नुहाउने गरेको स्थानीय सुनादेवी दमाइँले जनाए ।

दलित अगुवा भरत नेपाली दलित र गैरदलित दुवै समुदायको क्षमता र चेतनाको विकास नभएसम्म जातीय विभेदको दुरीको अन्त्य हुन नसक्ने बताउँछन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अझै पनि दलित र गैरदलितका लागि छुट्टाछुट्टै धारा, कुवा र पँधेरा रहेको पाइन्छ

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : ३९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार