साग खेलकुद– कलंकी सूर्यविनायक सडकमा साइक्लिङ, सर्भिस लेनको प्रयोग गर्न ट्राफिकको आग्रह « Khabarhub

साग खेलकुद– कलंकी सूर्यविनायक सडकमा साइक्लिङ, सर्भिस लेनको प्रयोग गर्न ट्राफिकको आग्रह


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं साग खेलको साइकिलिङ कंलकी – कोटेश्वर र कलंकी–सूर्यविनायक सडकखण्डमा हुने भएको छ ।

उक्त खेल शुक्रवार कंलकी कोटेश्वर सडकखण्डमा हुने छ । उक्त सडकखण्डमा आवतजावत गर्ने सडक प्रयोगकर्तालाई सर्भिस लेनको प्रयोग गरिदिनका लागि महानगगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।

साथै शनिवार कलंकीदेखि सूर्यविनायक सडकखण्डमा सोही खेल हुने भएकाले खेल हुने समयवधिभर सडक प्रयोगकर्तालाई सर्भिस लेनको प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाकाअनुसार कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हँदै जगातीतर्फ जाने यात्रुहरुले जडीबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न सक्नेछन् ।

खेल हुने समयमा अत्यावश्यक बाहेक अन्य सवारी चल्ने छैनन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ११ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु