पुरुष ह्याण्डबलमा नेपाल पराजित, भारतको विजयी सुरुआत « Khabarhub

पुरुष ह्याण्डबलमा नेपाल पराजित, भारतको विजयी सुरुआत


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको ह्याण्डबलमा नेपाल पराजित भएको छ । नेपाल आफ्नो पहिलो खेलमै श्रीलङ्कासँग ३७–३० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा १६–१७ भएको अवस्थामा दोस्रो हाफमा श्रीलङ्काले २० गोल गर्न सफल बन्यो । नेपालले दोस्रो हाफमा १४ गोल मात्र सीमित रह्यो ।

खेलको सुरुआती मिनेटमै नेपालका लागि गोल गरेर खाता खोलेका यामबहादुर पुनले टोलीका लागि ३ गोलको योगदान गरेका थिए भने मदन चुनाराले सर्वाधिक ६ गोल गरेका थिए । प्रतियोगितामा सन्दीप कार्कीले ५ गोल र सन्तोष श्रेष्ठ, केशव विष्ट, दिनेश श्रेष्ठ, श्रीबहादुर सिंजालीले समान ३/३ गोलको योगदान गरे । कप्तान विशाल बस्नेतले २ गोल र किपर विशाल नेपाली र आशिष अधिकारीले समान १/१ गोलको योगदान गरेका थिए ।

त्यस्तै श्रीलङ्काकोतर्फबाट भने कोस्वाथ्था मुहम्दीराम रालाले टोलीका लागि गोलको खाता खोले । श्रीलङ्काको पल्लावातागे प्रभात माडुसले सर्वाधिक १२ गोल गरेका थिए । दिशानायके मुदियान्सेलागेले समान ७ गोलको योगदान गरे । तिलकरत्ने मुदियान्सेलागेले ५ गोल गरे । विराकोदी हार्सप्रसाद डिले २ गोलको योगदान गर्नुका साथै नवारत्ने मुदियान्सेलागे ए ले १ गोल गरे ।

नेपालका कप्तान विशाल नेपाली ४० मिनेटमा रेडकार्ड खाँदै मैदानबाट बाहिरिए । यसअघि, विशाल २ मिनेटका लागि मैदानबाट तीनपटक विश्राम लिएका थिए । नेपालका श्रीप्रसाद सिंजालीले पहेंलो कार्ड पाए ।

श्रीलङ्काको नवारत्ने मुदियान्सलागे एलाई पहेंलो कार्ड पाए । डेमुनी नुवान, कोस्वाथ्था मुहमुदिराम रालाले समान एकपटक दुई मिनेटको विश्राम लिएका थिए ।

बंगलादेशसँग भारत विजयी

प्रतियोगताअन्तर्गत बुधबारै भएको अर्को पुरुष ह्याण्डबल खेलमा भारतले विजय सुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगितामा भारतले बङ्गलादेशलाई ४२–३३ गोलले जित हासिल गरेको हो ।

भारतको जितमा दीपक वलावातले सर्वाधिक १६ गोल गरे । नवीन पुनिया र अङ्कितले समान ५–५ गोल गरे । नवदीप र विजय सिंहले ४ गोलको गरे । टिंकु र रमेश चन्दले ३ गोलको योगदान गरे । ह्याप्पीले २ गोल गरेका थिए ।

त्यसैगरी बङ्गलादेशकोतर्फबाट भने एमडी रोबिउल अवालले सर्वाधिक ११ गोल गरेका थिए । मोहमद सोहाग होसेन सोहागले ५ गोल गरे । इम्दादुल हसन राकिब र मोहम्मद सोहेल राना सोहेलले समान ४ गोलको योगदान गरे ।

मोहम्मद ताजु हसनले समान ३ गोलको योगदान गरे । मेहेदी हसन र मोहम्मद साकिर समिर इमोले समान २ गोलको योगदान गरे । मोहम्मद मासुम अहमद र विपुलु घोषले समान १ गोल गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ४८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका