पुरुष ह्याण्डबलमा नेपाल पराजित, भारतको विजयी सुरुआत « Khabarhub

पुरुष ह्याण्डबलमा नेपाल पराजित, भारतको विजयी सुरुआत


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको ह्याण्डबलमा नेपाल पराजित भएको छ । नेपाल आफ्नो पहिलो खेलमै श्रीलङ्कासँग ३७–३० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा १६–१७ भएको अवस्थामा दोस्रो हाफमा श्रीलङ्काले २० गोल गर्न सफल बन्यो । नेपालले दोस्रो हाफमा १४ गोल मात्र सीमित रह्यो ।

खेलको सुरुआती मिनेटमै नेपालका लागि गोल गरेर खाता खोलेका यामबहादुर पुनले टोलीका लागि ३ गोलको योगदान गरेका थिए भने मदन चुनाराले सर्वाधिक ६ गोल गरेका थिए । प्रतियोगितामा सन्दीप कार्कीले ५ गोल र सन्तोष श्रेष्ठ, केशव विष्ट, दिनेश श्रेष्ठ, श्रीबहादुर सिंजालीले समान ३/३ गोलको योगदान गरे । कप्तान विशाल बस्नेतले २ गोल र किपर विशाल नेपाली र आशिष अधिकारीले समान १/१ गोलको योगदान गरेका थिए ।

त्यस्तै श्रीलङ्काकोतर्फबाट भने कोस्वाथ्था मुहम्दीराम रालाले टोलीका लागि गोलको खाता खोले । श्रीलङ्काको पल्लावातागे प्रभात माडुसले सर्वाधिक १२ गोल गरेका थिए । दिशानायके मुदियान्सेलागेले समान ७ गोलको योगदान गरे । तिलकरत्ने मुदियान्सेलागेले ५ गोल गरे । विराकोदी हार्सप्रसाद डिले २ गोलको योगदान गर्नुका साथै नवारत्ने मुदियान्सेलागे ए ले १ गोल गरे ।

नेपालका कप्तान विशाल नेपाली ४० मिनेटमा रेडकार्ड खाँदै मैदानबाट बाहिरिए । यसअघि, विशाल २ मिनेटका लागि मैदानबाट तीनपटक विश्राम लिएका थिए । नेपालका श्रीप्रसाद सिंजालीले पहेंलो कार्ड पाए ।

श्रीलङ्काको नवारत्ने मुदियान्सलागे एलाई पहेंलो कार्ड पाए । डेमुनी नुवान, कोस्वाथ्था मुहमुदिराम रालाले समान एकपटक दुई मिनेटको विश्राम लिएका थिए ।

बंगलादेशसँग भारत विजयी

प्रतियोगताअन्तर्गत बुधबारै भएको अर्को पुरुष ह्याण्डबल खेलमा भारतले विजय सुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगितामा भारतले बङ्गलादेशलाई ४२–३३ गोलले जित हासिल गरेको हो ।

भारतको जितमा दीपक वलावातले सर्वाधिक १६ गोल गरे । नवीन पुनिया र अङ्कितले समान ५–५ गोल गरे । नवदीप र विजय सिंहले ४ गोलको गरे । टिंकु र रमेश चन्दले ३ गोलको योगदान गरे । ह्याप्पीले २ गोल गरेका थिए ।

त्यसैगरी बङ्गलादेशकोतर्फबाट भने एमडी रोबिउल अवालले सर्वाधिक ११ गोल गरेका थिए । मोहमद सोहाग होसेन सोहागले ५ गोल गरे । इम्दादुल हसन राकिब र मोहम्मद सोहेल राना सोहेलले समान ४ गोलको योगदान गरे ।

मोहम्मद ताजु हसनले समान ३ गोलको योगदान गरे । मेहेदी हसन र मोहम्मद साकिर समिर इमोले समान २ गोलको योगदान गरे । मोहम्मद मासुम अहमद र विपुलु घोषले समान १ गोल गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ४८ बजे

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर