दर्शकले किन ‘जोकर’ सँग तुलना गरिरहेछन् ‘सेल्फी किङ’ लाई? | Khabarhub Khabarhub

दर्शकले किन ‘जोकर’ सँग तुलना गरिरहेछन् ‘सेल्फी किङ’ लाई?


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्की फिल्म ‘सेल्फी किङ’ का कारण चर्चामा छन् । यो फिल्ममा उनले एक कलाकारको भूमिका निभाएका छन् ।

पोस्टर सार्वजनिक भएदेखि नै यो फिल्मको चर्चा शुरु भएको थियो । पोस्टरको लूक हलिउड फिल्म ‘जोकर’ सँग मिलेको भन्दै चर्चा चलेको थियो ।

कतिपयले यो फिल्म हलिउड फिल्म ‘जोकर’ बाट प्रभावित भएको आरोप समेत लगाएका छन् । यता निर्माता दिनेश राउत भने फिल्मको छायांकन ‘जोकर’ फिल्म रिलिज हुनुपूर्व नै भएको बताउँछन् ।

मंगलबार साँझ फिल्म ‘सेल्फी किङ’ को क्यारेक्टर झल्कने गरी टिजर सार्वजनिक गरियो । उक्त टिजरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

यद्यपि फिल्मको टिजर हेरेर कतिपय दर्शकले यो फिल्म हलिउड फिल्म ‘जोकर’ बाट प्रभावित भएको आरोप लगाउन छोडेका छैनन् । कतिले भने विपिन कार्कीको क्यारेक्टर चार्ली चाप्निलको चरित्रसँग पनि मिलेको बताएका छन् ।

‘राम्रो काम, नेपाली फिल्म राम्रो बन्दै गइरहेका छन्, तर अरु फिल्मबाट प्रभावित भएको नहोस् है,’ एक प्रयोगकर्ताले युट्युबमा टिजर हेरेर प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले नेपाली जोकरका लागि विपिन कार्की सही अभिनेता भएको कमेन्ट गरेका छन् । धेरैले विपिन कार्कीको अभिनयको भने खुलेर तारिफ गरेका छन् ।

त्यसो त विपिनले चरित्रकै कारण ‘पशुपतिप्रसाद’, ‘छड्के’, ‘जात्रा’ जस्ता फिल्मबाट खुबै प्रशंसा बटुलेका थिए ।

एक प्रयोगकर्ताले भने यो फिल्म ‘जोकर’ को कपी भएको लेखेका छन् । अर्का प्रयोगकर्ताले पनि कमेन्ट थपेका छन्, ‘जोकर फिल्मको कपी हो जस्तो छ ।’

फ्यानले यसलाई ‘जोकर’ फिल्मको नेपाली ‘भर्सन’ भनिदिए पनि निर्माण टिमले भने यसलाई नेपाली मौलिक कथा भनेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको यो फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन् । फिल्ममा दिनेश राउत र सुभाष थापाको लगानी छ भने विशाल सापकोटाको लेखन तथा निर्देशन छ ।

फिल्म आउँदो माघ २४ गते प्रदर्शन हुँदैछ । कथा कस्तो छ, त्यो त रिलिजपछि मात्र थाहा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १० : ३६ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु