नेटो साझेदारकै नेताहरुले ट्रम्पको खिल्ली उडाएपछि… « Khabarhub

नेटो साझेदारकै नेताहरुले ट्रम्पको खिल्ली उडाएपछि…


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को ७० औं वार्षिक बैठक सकिएको छ ।२९ सदस्य राष्ट्र भएको नेटोको बैठकपछिको एक भिडियो भने अहिले चर्चामा रहेको छ ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुरा काटिएको उक्त भिडियो सार्वजनिक भएसँगै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले यसबारेको समाचार प्रकाशन गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा ट्रम्पले अचानक आयोजना गरेको प्रेस सम्मेलनबारे क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, ब्रिटिश प्रधानमन्त्री बोरिस जन्सन तथा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँबीच कुराकानी भइरहेको देखिन्छ।

बकिङ्घम दरबारमा आयोजित कार्यक्रमका बेला अचानक आयोजना भएको प्रेस सम्मेलन ४० मिनेटसम्म तन्काएको कारण अन्य कार्यक्रममा ढिलाइ भएको भन्दै ट्रुडोले ट्रम्पबारे ठट्टा गरेको बताइएको छ ।

ट्रुडुले अन्य मानिसहरू ढिलो हुनुको कारण ट्रम्पले सो पत्रकार सम्मेलनमा धेरै बोल्नु रहेको बताएको सुनिएको थियो।

पछि उनले राष्ट्रपति ट्रम्पको टोली कसरी हैरान भयो भनेका थिए। तर त्यसको सन्दर्भ भने स्पष्ट छैन। उनले त्यस्तो कुराकानी ब्रिटिश, फ्रेन्च र डच नेताहरू अनि राजकुमारी एनीमाझ गरेका थिए। जुन सुनेपछि ती सबै हाँसेका थिए।

ट्रम्पले बैठकपछिको संयुक्त पत्रकार सम्मेलन छोडेर हिँडेका थिए ।

लण्डनमा भएको नेटोको बैठकका बेला अन्य नेताहरूसँगको भेटघाटमा क्यानाडाका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिबारे ठट्टा गरेको भिडिओ प्रकाशमा आएलगत्तै डोनल्ड ट्रम्पले जस्टिन ट्रुडोलाई ‘द्वैध चरित्र’को भनिदिएका छन् ।

ट्रम्पले भने: “उनी द्वैध चरित्रका छन्…. मैले उनलाई असल व्यक्ति नै पाएको छु, तर यथार्थ के हो भने मैले उनले रक्षा मामिलालाई दिनुपर्ने २% (राष्ट्रिय जीडीपीको अनुपात) को विषय बताएको थिएँ। शायद त्यसले उनी खुसी थिएनन्।”

पछि पत्रकारहरूसँग बोल्दै ट्रुडोले आफूहरू ट्रम्पको प्रेस सम्मेलनलाई लिएर नहाँसेको बरु ‘जी सेभेन’ समूहको अर्को बैठकस्थललाई लिएर हाँसेको बताए। त्यो बैठक अमेरिकी राष्ट्रपतिको बिदा मनाउने स्थल क्याम्प डेभिडमा हुँदैछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ११ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि