स्वयं सेविकाले लगाउने पोषाकको यस्तो छ अर्थ | Khabarhub Khabarhub

स्वयं सेविकाले लगाउने पोषाकको यस्तो छ अर्थ


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज महिला स्वास्थ्य स्वयं सेविका दिवस देशभरका स्वयं सेविकाहरु विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

सरकारले यो वर्षको स्वयं सेविका दिवसको नारा “गाउँनगरमा महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका” तय गरेको छ ।

नेपालमा २०४५–४६ देखि शुरु भएको महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथमिक स्वास्थ्य सेवाको उपयोग तथा महिला सशक्तिकरणको सुधारमा योगदान पुगेकोे छ ।

हाल देशभर ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयं सेविकाहरू छन् । स्वयं सेविकाहरूले समुदाय स्तरमा मातृ तथा बाल स्वास्थ्यमा सुधार ल्याउन प्रत्यक्ष योगदान पुर्‍याइरहेका छन् ।

स्थानीय समाज, संस्कृति र समुदाय बुझेका स्वयं सेविकाहरूले स्वास्थ्य आमा समूहको परिचालन र स्थानीय स्वास्थ्य संस्थाहरूसँग आवद्ध भई अन्य कामहरू गरिरहेका छन् । स्वयंसेवी भावनालाई आत्मसात गरी स्वास्थ्य क्षेत्रमा पु¥याएका योगदानको कारण महिला स्वास्थ्य स्वयंसेविकाहरूले “समुदायको साँचो”को रुपमा कार्य गरिरहेका छन् ।

महिला स्वास्थ्य स्वंयसेविकाहरूले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरू, गर्भवति महिला र सुत्केरी पश्चात आइरन चक्की जस्ता कामहरू गर्दै आएका छन् ।

यस अतिरिक्त बाल स्वास्थ्य अन्तर्गत भिटामिन ए, झाडापखाला लागेका बच्चाहरूलाई जीवनजल तथा जिंक चक्की र जुकाको औषधीको वितरण लगायत स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कामहरू गर्दै आएका छन् ।

स्वयं सेविकाको पोषाकको अर्थ यस्तो छ

तपाईले गाउँघरमा हिँडिरहेकी स्वयं सेविकाहरुलाई उनीहरुले लगाउने पोषकको कारण सहजै रुपमा चिन्नुहुन्छ । स्वयं सेविकाहरुले आकशे रंगको साडीमा छेउमा निलो रंग हुन्छ ।

सो निलो रंगको किनारामा महिला स्वास्थ्य स्वयं सेविकाको लोगो झल्काउने आकाशे निलो किनारामा सेतो ४ वठा गोलो घेरा हुन्छ । त्यसको अर्थ धेरैलाई थाहा नहुँन सक्छ ।आज हामी तपाईलाई त्यसको अर्थ बताउदै छौं ।

जसरी पोखरीमा एक सानो ढुंगा फ्याँक्दा तरङ्ग बन्दछ । त्यो तरङ्ग बढ्दै बढ्दै पोखरी नै ढाकिन्छ । महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम वडाबाट शुरु हुन्छ । प्रत्येक वडाको संलग्नताले गाउँ विकास समिती नै ढाक्दछ । यसैगरी सबै गाउँ विकास समितीको संलग्नताबाट मिली जिल्लाव्यापी बन्दछ । जिल्ला जिल्लाको विकासले राष्ट्रलाई नै विकसित तुल्याउँदछ ।

साडीको किनारामा भएको प्रत्येक घेराको अर्थ यस्तो छ

–भित्र पट्टिको पहिलो सानो घेराले स्वास्थ्य कार्यक्रम समूदाय वा वडास्तरबाट शुरु हुन्छ भन्ने जनाउँछ, जून स्वास्थ्य सेवाको केन्दूविन्दू हो ।

–दोस्रो घेराले गाउँ विकास समिति भरि नै स्वास्थ्य कार्यक्रम संचालन छ भन्ने बुझाउँछ ।

–तेस्रो घेराले गाउँ विकास समिति भरि नै स्वास्थ्य कार्यक्रम संचालन छ भन्ने बुझाउँछ ।

–तेस्रो घेराले गाउँ गाउँ गरी सम्पूर्ण जिल्ला ढाकिएको छ भन्ने देखाउँछ ।

–चौथो घेराले जिल्ला जिल्ला गरी राष्ट्रव्यापी रुपमा स्वास्थ्य कार्यक्रम सफल हुन्छ भन्ने संकेत गर्दछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १२ : १८ बजे

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा. पुनेश्वर केशरी

काठमाडौं– विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुई

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका