स्वयं सेविकाले लगाउने पोषाकको यस्तो छ अर्थ « Khabarhub

स्वयं सेविकाले लगाउने पोषाकको यस्तो छ अर्थ


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज महिला स्वास्थ्य स्वयं सेविका दिवस देशभरका स्वयं सेविकाहरु विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

सरकारले यो वर्षको स्वयं सेविका दिवसको नारा “गाउँनगरमा महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका” तय गरेको छ ।

नेपालमा २०४५–४६ देखि शुरु भएको महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथमिक स्वास्थ्य सेवाको उपयोग तथा महिला सशक्तिकरणको सुधारमा योगदान पुगेकोे छ ।

हाल देशभर ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयं सेविकाहरू छन् । स्वयं सेविकाहरूले समुदाय स्तरमा मातृ तथा बाल स्वास्थ्यमा सुधार ल्याउन प्रत्यक्ष योगदान पुर्‍याइरहेका छन् ।

स्थानीय समाज, संस्कृति र समुदाय बुझेका स्वयं सेविकाहरूले स्वास्थ्य आमा समूहको परिचालन र स्थानीय स्वास्थ्य संस्थाहरूसँग आवद्ध भई अन्य कामहरू गरिरहेका छन् । स्वयंसेवी भावनालाई आत्मसात गरी स्वास्थ्य क्षेत्रमा पु¥याएका योगदानको कारण महिला स्वास्थ्य स्वयंसेविकाहरूले “समुदायको साँचो”को रुपमा कार्य गरिरहेका छन् ।

महिला स्वास्थ्य स्वंयसेविकाहरूले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरू, गर्भवति महिला र सुत्केरी पश्चात आइरन चक्की जस्ता कामहरू गर्दै आएका छन् ।

यस अतिरिक्त बाल स्वास्थ्य अन्तर्गत भिटामिन ए, झाडापखाला लागेका बच्चाहरूलाई जीवनजल तथा जिंक चक्की र जुकाको औषधीको वितरण लगायत स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कामहरू गर्दै आएका छन् ।

स्वयं सेविकाको पोषाकको अर्थ यस्तो छ

तपाईले गाउँघरमा हिँडिरहेकी स्वयं सेविकाहरुलाई उनीहरुले लगाउने पोषकको कारण सहजै रुपमा चिन्नुहुन्छ । स्वयं सेविकाहरुले आकशे रंगको साडीमा छेउमा निलो रंग हुन्छ ।

सो निलो रंगको किनारामा महिला स्वास्थ्य स्वयं सेविकाको लोगो झल्काउने आकाशे निलो किनारामा सेतो ४ वठा गोलो घेरा हुन्छ । त्यसको अर्थ धेरैलाई थाहा नहुँन सक्छ ।आज हामी तपाईलाई त्यसको अर्थ बताउदै छौं ।

जसरी पोखरीमा एक सानो ढुंगा फ्याँक्दा तरङ्ग बन्दछ । त्यो तरङ्ग बढ्दै बढ्दै पोखरी नै ढाकिन्छ । महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम वडाबाट शुरु हुन्छ । प्रत्येक वडाको संलग्नताले गाउँ विकास समिती नै ढाक्दछ । यसैगरी सबै गाउँ विकास समितीको संलग्नताबाट मिली जिल्लाव्यापी बन्दछ । जिल्ला जिल्लाको विकासले राष्ट्रलाई नै विकसित तुल्याउँदछ ।

साडीको किनारामा भएको प्रत्येक घेराको अर्थ यस्तो छ

–भित्र पट्टिको पहिलो सानो घेराले स्वास्थ्य कार्यक्रम समूदाय वा वडास्तरबाट शुरु हुन्छ भन्ने जनाउँछ, जून स्वास्थ्य सेवाको केन्दूविन्दू हो ।

–दोस्रो घेराले गाउँ विकास समिति भरि नै स्वास्थ्य कार्यक्रम संचालन छ भन्ने बुझाउँछ ।

–तेस्रो घेराले गाउँ विकास समिति भरि नै स्वास्थ्य कार्यक्रम संचालन छ भन्ने बुझाउँछ ।

–तेस्रो घेराले गाउँ गाउँ गरी सम्पूर्ण जिल्ला ढाकिएको छ भन्ने देखाउँछ ।

–चौथो घेराले जिल्ला जिल्ला गरी राष्ट्रव्यापी रुपमा स्वास्थ्य कार्यक्रम सफल हुन्छ भन्ने संकेत गर्दछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  १२ : १८ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन