रेशम प्रकरणमा सांसदको भनाइ– अदालतले फैसला गर्‍यो, न्याय गरेन ! « Khabarhub

रेशम प्रकरणमा सांसदको भनाइ– अदालतले फैसला गर्‍यो, न्याय गरेन !


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद हृदयश त्रिपाठीले रेशम चौधरीलाई अदालतले न्याय गर्न नसकेको बताएका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद त्रिपाठीले अदालतले फैसला गरेपनि न्याय भने दिन नसकेको टिप्पणी गरे ।

प्रतिनिधिसभा बैठकमा सांसद त्रिपाठीले भने,‘ हाम्रा अदालतले फैसला गर्छन् न्याय गर्दैनन् भनेर एकजना पूर्व प्रधानन्यायाधीशले आजै मलाई भन्नुभएको थियो, यो कुरा सही लाग्यो ।’

कैलाली क्षेत्र नम्बर एकबाट विजयी भएका रेशम चौधरीलाई टिकापुर काण्डमा दोषी ठहर गर्दै बुधबार कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ ।

अदालतको फैसला आएसँगै रेशम चौधरीको पार्टी राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ३५ बजे

अमेरिकालाई लक्षित गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपतिले भनेः जी–२० मा कसैको ‘दादागिरी’ चल्दैन

जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ