रेशम प्रकरणमा सांसदको भनाइ– अदालतले फैसला गर्‍यो, न्याय गरेन ! « Khabarhub

रेशम प्रकरणमा सांसदको भनाइ– अदालतले फैसला गर्‍यो, न्याय गरेन !


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद हृदयश त्रिपाठीले रेशम चौधरीलाई अदालतले न्याय गर्न नसकेको बताएका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद त्रिपाठीले अदालतले फैसला गरेपनि न्याय भने दिन नसकेको टिप्पणी गरे ।

प्रतिनिधिसभा बैठकमा सांसद त्रिपाठीले भने,‘ हाम्रा अदालतले फैसला गर्छन् न्याय गर्दैनन् भनेर एकजना पूर्व प्रधानन्यायाधीशले आजै मलाई भन्नुभएको थियो, यो कुरा सही लाग्यो ।’

कैलाली क्षेत्र नम्बर एकबाट विजयी भएका रेशम चौधरीलाई टिकापुर काण्डमा दोषी ठहर गर्दै बुधबार कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ ।

अदालतको फैसला आएसँगै रेशम चौधरीको पार्टी राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ३५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी