रात्रिकालिन मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक असुरक्षित « Khabarhub

रात्रिकालिन मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक असुरक्षित


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको सुरक्षाका विषयप्रति गम्भीर भएर काम नगरेको एक कार्यक्रमका वक्ताले आरोप लगाएका छन् ।

रात्रिकालीन मनोरञ्जन क्षेत्रका काम गर्ने महिलाको सुरक्षाको विषयमा आवाज उठाउँदै आएको संस्था विश्वास नेपालले आयोजना गरेको समानताको पुस्ता बलात्कार विरुद्ध एक्यवद्धता कार्यक्रयमा बोल्ने अधिकांश वक्ताहरुले सरकारले यो क्षेत्रका काम गर्ने श्रमिकको सुरक्षाका विषयमा गम्भीर भएर काम गर्ने नसक्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रका श्रमिक समस्याग्रस्त हुनेगरेको बताएका छन् ।

अर्थसँग जोडिएको मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुको सुरक्षा नहुँदा उनीहरु रोजगारीका लागि विदेशी पलायन हुने क्रम बढ्दो अवस्थामा रहेको विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले बताइकी छिन् । सरकारले मनोरञ्जन क्षेत्रमा काम महिलालाई उपेक्षा गरिरहेको छ । उनीहरुको समस्या सामान्य रुपमा हेर्दा ती श्रमिकको वास्तविक समस्या लिएर बाहिर आउन नसकेको उनको भनाइ छ ।

यस्तै, जिल्ला प्रशासन कार्यलय काठाडौंका साहायक प्रमुख जिवन आचार्यले सरकारले रात्रिकालीन मनोरञ्जन क्षेत्रमा काम महिला कामदारका विषयमा गम्भीर भएर काम गरिरहेको बताएका छन् । उनीहरुको रोजगारीसँग अन्य सुरक्षासँग जोडिएका समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए ।

विश्वास नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई अभिमुखिकरण तालिम, मनोसामाजिक परामर्श, संस्थागत क्षमता बृद्धि तालिम, कानुनी परामर्श, रोजगारीको सुरक्षा जस्ता विषयमा सहजीकरण गदै आएको छ । यो क्षेत्रमा समस्यामा परेका महिलाका विषयमा कानुनी परामर्श पनि विश्वास नेपाल दिन सहयोग गदै आएको जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ६ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै