यौन इच्छा बढाउन के के खाने ? | Khabarhub Khabarhub

यौन इच्छा बढाउन के के खाने ?


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन मानिसका लागि एक आधारभूत आवश्यकता जस्तै हो । मानिसलाई खुसी बनाउन पनि यौन सन्तुष्टि आवश्यकता पर्दछ । निश्चित अवस्थामा महिला र पुरुष दुवैलाई यौनइच्छा हुनु स्वभाविक र यो प्राकृतिक पनि हो । तर, धेरै अवस्थामा यौनइच्छा नहुन पनि सक्छ ।

यौनइच्छा कै कारण धेरैको पारिवारिक सम्बन्ध पनि बिग्रेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । नेपाल पुरुषप्रधान देश भएकाले पनि पुरुषका इच्छा चाँडो पूरा हुने र महिलाको इच्छा गौण अवस्थामा रहन्छन् । यही गौण अवस्थाका कारण महिलामा यौनइच्छा कम हुँदै जाने समस्या बढ्दो रहेको चिकित्सकहरुले बताउँछन् ।

यौन जिज्ञासा समाधान गर्ने चिकित्सकसँग धेरै पुरुषले आफ्नो श्रीमतीको यौनइच्छा नहुने गरेको गुनासो गर्ने गरेका छन् । यस्तो अवस्थामा उपचार के हुनसक्छ महिला र पुरुष दुवैलाई थाहा हुनु आवश्यक छ । यौनइच्छा बढाउन केही खानेकुरा नियमित सेवान गरे पुग्ने चिकित्सकहरु बताउँछन् । ति खानेकुराबाट पाउने पोषक तत्वले यौनइच्छा बढ्ने चिकित्सकहरुको भनाई छ ।

भिटामिन डी

भिटामिन डी मानिसको शरीरका लागि आवश्यक तत्व हो । यसको कमीले शरीरका हड्डी कमजोर हुनुका साथै महिलामा युटीआईमा पनि समस्या हुने गर्दछ । यो समस्याले महिलाको तल्लो पेट दुख्न सक्छ । त्यसैले यौनइच्छा बढाउन र सुखमय यौनजीवन बनाउनका लागि शरीरलाई चाहिने भिटामिन डी को सेवन गर्नु आवश्यक छ ।

भिटामिन सी

भिटामिन सीले मानिसमा हुने तनाव कम गर्न मद्दत गर्दछ । जसका कारण मानिसको स्वास्थ्य तथा यौनसम्बन्धका लागि पनि उपयुक्त हुन्छ। त्यसैले पनि बिहान उठेपछि मनतातो पानीमा राखेर कागती पानी पिउने, नियमित अमला खाने बानी गर्नु राम्रो हुन्छ ।

फाइबर

फाइबरजन्य खानेकुराबाट शरीरमा एस्ट्रोजन श्राव रोक्न मद्दत गर्दछ । जसका कारण महिनावारीको समयमा हुने पीडा कम हुन्छ । यसले महिलामा हुने पिसावसँग सम्बन्धित समस्या समाधान हुनुका साथै यौनइच्छा बढाउन पनि मद्दत गर्दछ ।

म्याग्नेसियम

यो तत्वले शरीरको मासुलाई दह्रो बनाउने काम गदर्छ । जसका कारण मानिसको दैनिकी सहज बन्छ भने, यौनसम्पर्क गर्न मन नलाग्ने समस्या पनि हट्छ । त्यसका लागि प्रत्येक दिन ३२० मिलिग्राम म्याग्नेसियमयुक्त खाना खानु उपयुक्त हुन्छ ।

यसरी तपाईंले आफ्नो गुमेको यौनइच्छा फर्काउन सक्नुहुनेछ भने जीवन सुखमय हुन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ४४ बजे

कार्यक्रम सञ्चालन पूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

गण्डकीं– कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित

कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

काठमाडौं–  काठमाडौं महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल

युवाहरू अघिपछि लगाएर राजबाघ महल पुगे ओली (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेकपा

बैंकहरूले सामाजिक उत्तरदायित्व बापतको खर्च जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेको निम्ति गर्न सक्ने

काठमाडौं– बैंकहरूले सामाजिक उत्तरदायित्व बापत खर्च गर्ने रकम जेन-जी आन्दोलनका

अनन्तको आक्रोश : एन्फाका कारण नेपाली फुटबल ध्वस्त भयो, क्लबहरूले आफैं लिग गराउनुपर्छ

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले अखिल