सर्वोच्चको न्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन « Khabarhub

सर्वोच्चको न्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन सकिएको छ ।

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्च अदालत रिक्त रहेको एक न्यायाधीश पदमा नियुक्तिका लागि बैठक बसेको तर पुनः बस्ने गरी बैठक स्थगित भएको परिषद्का प्रवक्ता मानवहादुर कार्कीले जानकारी दिए ।

न्याय परिषद् सदस्य रहुनभएका पदम वैदिकलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने विषयमा विरोध आएपछि बैठकले निर्णय गर्न सकेन ।

परिषद्का सदस्य वैदिकले एक वर्ष कार्यकाल बाँकी रहँदै बुधबार परिषद्को सदस्यबाट राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृतसमेत गरिसकेकी छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ०७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने