राजपा नेता राजेन्द्र महतो बने काठमाडौंको सम्धी | Khabarhub Khabarhub

राजपा नेता राजेन्द्र महतो बने काठमाडौंको सम्धी


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतो काठमाडौंका सम्धी बनेका छन् ।

संविधान जारी हुँदाको बेला मधेसमा जारी आन्दोलनका बीच भारतसँगको नाका गएर ‘काठमाडौंको दानापानी बन्द गरिदिने’ धम्की दिएका महतोले अन्ततः काठमाडौंको रैथाने नेवार परिवारकी छोरीलाई बुहारीको रुपमा भित्र्याएका छन् ।

महतोका छोरा राघवेन्द्र महतोले काठमाडौं डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधरसँग विवाह गरेका हुन् ।

बिहीबार काठमाडौंको एक होटेलमा भएको विवाह समारोहमा विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधि, पत्रकार र व्यवसायीहरु सहभागी भएका थिए ।

महतोका छोराको विवाहमा सहभागी भएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महातोका छोराको विवाहलाई ‘पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’का रुपमा अर्थ्याएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले फेसबूकमा लेखेका छन्– राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौंकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न शुवविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन !

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ९ : ५६ बजे

‘बलिदान’ र समीरको ‘हाइप’ बढाउन सन्तोषले दिएको करोडको गफ

काठमाडौं – फिल्म ‘बलिदान’ले बक्स अफिसबाट लगानी उठाउने सम्भावना निकै

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङ– यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख

विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

घर आँगनकै फूल नगद आर्जनको स्रोत  

महोत्तरी– तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल

पाँचथर फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

पाँचथर– पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु