आजबाट हलमा सौगातको ‘माछा माछा’, कस्तो छ फिल्म? « Khabarhub

आजबाट हलमा सौगातको ‘माछा माछा’, कस्तो छ फिल्म?


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालभर सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ प्रदर्शनमा आएको छ । क्राइम कमेडी जानरामा निर्माण गरिएको यो फिल्म पैसाको पछि लागेका केही युवाहरुको कथा वरिपरि घुमेको छ ।

सुनील गुरुङले निर्देशन गरेको फिल्ममा सौगातका अलावा दयाहाङ राई, नम्रता श्रेष्ठ, विजय बराल, भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, अनोल पाण्डे लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा दयाहाङ राई र रामबाबु गुरुङको लगानी छ । यस्तै फिल्ममा शिवराज श्रेष्ठको छायांकन निमेश श्रेष्ठको सम्पादन तथा निर्देशक गुरुङको स्किृप्ट छ ।

कस्तो छ फिल्म?

सौगात मल्ल, अनोज पाण्डे र विजय बराललाई शीर्ष भूमिकामा अभिनय गराइएको फिल्म यिनै तीन पात्रका वरिपरि घुम्छ । पैसा कमाउने चाहनामा एकपछि अर्को समस्यामा फस्दै गएका तीन युवाले कसरी समस्यालाई समाधान गर्दै अगाडि जान्छन् भन्ने फिल्ममा देख्न सकिन्छ ।

बुधबार भएको प्रिमियरमा कलाकारले यो फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । फिल्मको कमेडी पक्षको प्रशंसा गरिएको थियो । फिल्ममा समावेश संवाद आर्कषक भए पनि पटकथामा भने लेखकले कमाल देखाउन सकेका छैनन् ।

फिल्मको पार्श्वध्वनि र कलाकारको अभिनय औसत लाग्छ । फिल्मबाट तीन शीर्ष कलाकार सौगात, अनोज र विजयले गरेको अभिनयको तारिफ गरिएको छ ।

यद्यपि फिल्मले दर्शकको पूर्ण रुपमा मन जित्न धौ धौ पर्छ ।

योसँगै आजदेखि अर्को नेपाली चलचित्र ‘माया पिरिम’ पनि रिलिज भएको छ । फिल्मको रिलिजअघि कुनै चर्चा छैन । फिल्ममा कोशिश क्षेत्रीको शीर्ष भूमिका छ ।

यस्तै हलमा अन्य विदेशी फिल्म पनि प्रदर्शन भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : २० बजे

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई