‘सिद्धाबाबा’ लाई एम्बुलेन्समा लगियो अदालत, अनुसन्धानका लागि ७ दिनको म्याद थप « Khabarhub

‘सिद्धाबाबा’ लाई एम्बुलेन्समा लगियो अदालत, अनुसन्धानका लागि ७ दिनको म्याद थप


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ ।

अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले गिरीलाई आज अदालतमा पेश गरेको थियो । गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको थियो ।

अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको थियो ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई उदालत लगिएको थियो ।

अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको हो ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले अहिले कृष्णदासलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ३ : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु