मनाङमा जापानीज महिलाको मृत्यु « Khabarhub

मनाङमा जापानीज महिलाको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–गण्डकी प्रदेशअन्तर्गत छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ ।

हिमालपारिको जिल्ला मनाङको ङिसाङ गाउँपालिका वडा नं ६ स्थित हिमालयन सिङ्गी होटलमा एक जापानी महिलाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार सो होटलमा बास बसेकी ६७ वर्षीया हिसाको कोरी को मृत्यु भएको हो ।

त्यसैगरी गोरखा, चुमनुब्री गाउँपालिका १ साम्दोस्थित होटलमा बास बसेका एक भरियाको पनि मृत्यु भएको छ ।

फ्रान्सेलीको भारी बोकी गएका गोरखा, धार्चे गाउँपालिका वडा नं ४ का २७ वर्षीय टिसबहादुर गुरुङको चिसोको कारण लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता दीपक रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु