बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा | Khabarhub Khabarhub

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने छ ।

यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ ।

भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।

सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पार्‍यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बङ्गलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २/२ अङ्क रहेको छ । नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ३० बजे

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी

काठमाडौं– सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक

व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग

गण्डकी– पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा व्यावसायिक सुरक्षा कायम राख्न

जेन-जीका सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट, घुसपैठ भएको दाबी

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुधन गुरूङलाई जेन-जी युवा र पत्रकारहरूले

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय (तस्बिरहरू)

काठमाडौं– २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति

डोल्पा र जुम्लाका भेडा च्याङ्ग्रा मुस्ताङमा झारिँदै

मुस्ताङ– दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडा च्याङ्ग्रा मुस्ताङ