दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा हुँदै | Khabarhub Khabarhub

दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा हुँदै


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा स्वास्थ्य विशेषज्ञहरुको बैठक काठमाडौंमा हुने भएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान(विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र) ले यहि डिसेम्बर ९ देखि १२ सम्म आँखा स्वास्थ्य विशेषज्ञहरुद्वारा दक्षिण पूर्वी एसियाको क्षेत्रीय बैठक काठमाडौंमा आयोजना गर्न लागेको हो ।

नेपाल र दक्षिण पूर्वी एसियाली क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्यको पहुँचको उद्देश्य हासिल गर्न गर्न कार्यक्रम गर्न लागिएको आयोजक तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

बैठकमा दक्षिण पूर्वी एसियाका क्षेत्रका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुनेछन् ।  बैठकले मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने जनाइएको छ ।

बैठकमा विज्ञहरुहरुले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहँुच सबै जनता समक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गर्नेछ ।  यस्तै डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्ने र राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुगों लगाउने तालिका पनि बैठकले निर्णय गर्ने छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ५० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार