बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, स्वर्णका लागि भुटानसँग भिड्ने « Khabarhub

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, स्वर्णका लागि भुटानसँग भिड्ने


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो ।

नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।

अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो ।

नेपालले यसअघि तीन पटक साग फुटबलमा स्वर्ण जितेको थियो । पहिलो सस्करण, आठौं संस्करण र बाह्रो संस्करणमा  नेपालले स्वर्ण जितेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : ५३ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ