प्रशिक्षक महर्जन भन्छन्- साग फुटबलको स्वर्ण जित्नेमा ढुक्क छौं « Khabarhub

प्रशिक्षक महर्जन भन्छन्- साग फुटबलको स्वर्ण जित्नेमा ढुक्क छौं


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण हातपार्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।

आइतबार बंगलादेशमाथि १–० गोलको साँघुरो जित हात पारेको नेपाली टोलीले फाइनलमा भुटानलाई पराजित गर्दै स्वर्ण घरमै राख्ने प्रशिक्षक महर्जनले बताए ।

‘लिगमा अपराजित रहँदै फाइनलमा पुगेका छौं । आशा छ फाइनलमा पुनः एक पटक भुटानालई पराजित गर्दै स्वर्ण रक्षा गर्ने छौं,’ प्रशिक्षक महर्जनले भने ।

आइतबार हजारौंको संख्यामा रंगशालामा उपस्थित घरेलु दर्शकको साथ पाउँदा पनि नेपाली खेलाडी बंगलादेशविरुद्ध दबाबमा देखिएका थिए । पहिलो हाफमा सुजल श्रेष्ठको क्रस पासको सदुपयोग गरेका सुनिल बल बंगलादेशविरुद्धको खेलमा नायक बने ।

‘२४ घण्टाभित्र हाम्रा खेलाडीले दोस्रो खेल खेल्नु पर्दा रिकभरी समय पाएका थिएनन् । त्यसले गर्दा दोस्रो हाफको ७० मिनेटपछि बल ‘पोजिसन’ कमजोर बनेको हो,’ प्रशिक्षक महर्जनले भने,‘ तर, पनि हामी फाइनलमा पुगेका छौं । अब भुटानलाई पराजित गर्ने विश्वास मलाई छ ।’

नेपालले छैटौं सागमा स्वर्ण जित्दाका खेलाडी मुख्य प्रशिक्षक महर्जन आफै, सहायक प्रशिक्षक राजेश मानन्धर, गोलकिपर प्रशिक्षक मिर्गेन्द्र मिश्र र राखेपका एडभाइजर प्रशिक्षक रहेका मिलन भक्त हाडा नेपाली टोलीको टेक्निकल पार्टमा छन् ।

यस्तै, १२ औं साग जित्दाका खेलाडी अनन्त तामाङ, सुजल श्रेष्ठ, विकेस कुथु, सुनिल बल र विक्रम लामा अहिलेको टोलीमा सिनियर खेलाडीका रुपमा रहेका छन् भने बाँकी खेलाडी मंगलबारदेखि स्वर्ण जित्ने खेलाडीको सूचिमा सूतिकृत हुने प्रशिक्षक महर्जन बताउँछन् ।

‘टेक्निकलमा हामी चार जना छैठौं सागमा स्वर्ण जित्ने हुनु संयोग मिलेको हो,’ प्रशिक्षक श्रेष्ठले भने ।
बंगलादेशी प्रशिक्षकले नेपाली खेलाडीले राम्रो खेलेको बताएका छन् ।

अब नेपालले मंगलबार दिउँसो ३ बजे पहिलो पटक सागको फाइनलमा पुगेको भुटानसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा भुटान नेपालसँग ४–० गोल अन्तरले पराजित भएको थियो । नेपाल चौथो पटक स्वर्ण जित्ने लक्ष्यमा छ । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको सागको पहिलो संस्करणमा पनि नेपाल विजेता बनेको थियो । नेपालले पहिलो सागमा पनि स्वर्ण जितेको थियो । यो भुटानलाई हराउँदै स्वर्ण जितेमा नेपालले साग फुटबलमा चौथोपटक स्वर्ण हात पार्नेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : १९ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि