बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा पुगेपछिको खुशी [फोटो फिचर] « Khabarhub

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा पुगेपछिको खुशी [फोटो फिचर]



काठमाडौं-  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल पुरुष फुटबलको फाइनलमा पुगेको छ। आइतबार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइलनमा पुगेको हो ।

अब मंगलबार नेपालले स्वर्ण पदकका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ । भुटानविरुद्धको खेलमा जित हात पारे नेपालले साग फुटबलमा चौथो पटक स्वर्ण चुम्नेछ ।

दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका थिए। जितसँगै नेपाल १० अंक जोडेर समूह विजेता बन्यो। दोस्रो बनेको भुटानको ९ अंक छ।

यसअघि नेपालले सन् २०१६, १९९३ र १९८४ मा साग फुटबलको उपाधि जितेको थियो। सन् १९८७ र १९९९ मा भने नेपाल फाइनल पुगेर पनि चुकेको थियो।

सागमा पाकिस्तानले सबैभन्दा बढी ४ पटक स्वर्ण जितेको छ। नेपाल र भारतले ३–३ पटक उपाधि जितेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : ४१ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू