थारु संघ, संगठनहरुको शुक्रबार माइतीघरमा विरोध प्रदर्शन « Khabarhub

थारु संघ, संगठनहरुको शुक्रबार माइतीघरमा विरोध प्रदर्शन


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु संघ, संगठनहरुले सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत कैलालीको फैसलाको विरोधमा शुक्रबार काठमाडौंमा प्रर्दशन गर्ने भएका छन् ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटलगायतका संघ, संगठनहरुले अदालतको सो फैसलाको विरोधमा शुक्रबार अपरान्ह ३ बजे काठमाडौंको माईतीघर मण्डला र थारु समुदायको बाहुल्य रहेका तराईका जिल्ला सदरमुकामहरुमा प्रर्दशन गर्ने भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले आफूहरुमाथि राज्यले ठूलो अत्याचार र दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्न लागिएको जानकारी दिइन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले टिकापुर हत्याको घटनामा आफूहरुको संलग्नता नभएको भन्दाभन्दै पनि अहिले आएर निर्दोष सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।

टिकापुर घटना व्यक्तिगत नभई राजनीतिक भएकाले त्यसको समाधान पनि राज्यले राजनीतिक रुपमा गर्नुपर्ने अध्यक्ष चौधरीको तर्क थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ६ : २५ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६