राजीनामा अस्वीकृत भएपछि स्वास्थ्य सचिव चौधरीले फेरि दिइन् अर्को निवेदन « Khabarhub

राजीनामा अस्वीकृत भएपछि स्वास्थ्य सचिव चौधरीले फेरि दिइन् अर्को निवेदन


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले राजीनामा माग्दै पुन: निवेदन दिएकी छन् ।

यसअघि मागेको राजीनामा अस्वीकृत भएपछि डा चौधरीले पुन: दिवेदन दिएकी स्वास्थ्य तथा जनासंख्या मन्त्री भानुभक्त ढकालले बताए ।

स्वास्थ्य सचिव डा चौधरीले यसअघि दिएको राजीनामालाई सरकारले अस्वीकृत गरिदिएको पनि मन्त्री ढकालले बताए ।

‘पहिलाको क्याविनेटले उहाँलाई यहाँबाट सरुवा गरेको थियो, प्रधानमन्त्री कार्यालय भन्दा सर्वोच्च नजिक भएको हुँदा उहाँ सर्वोच्च गएर यतै बस्नुभयो र सेवा अवधि भरी यहि नै बस्ने भनेर निर्णय गराएर ल्याउनुभयो,’ मन्त्री ढकालले भने, ‘उहाँले अन्त जागिर पाउनु भयो र जानको लागि राजीनामा लेख्नुभयो, पहिला सरुवा गर्दा यहिँ नै सेवा गर्छु बाँकी अवधिभर भनेर सर्वोच्चकै निर्णय लिएर आउनुभएकोले बीचमा बाहिर हिँड्ने कुरामा भन्दा पनि पहिलाकै उहाँको इच्छा पुरा गर्ने भनेर उहाँले दिएको राजीनामा क्याविनेटले अस्वीकृत गरिदियो ।’

राजीनामा अस्वीकृत भएपछि स्वास्थ्य सचिव डा चौधरीले केही दिन अघि स्वास्थ्य मन्त्री ढकाललाई भेटेर आफूलाई स्वास्थ्य मन्त्रालयमा काम गर्न इच्छा नभएको आशय व्यक्त गर्दै आफ्नो राजीनामाबारे पुर्नविचार गर्न निवेदन दिएकी थिइन् ।

स्वास्थ्य सचिव चौधरीले काम गर्न इच्छा नदेखाएकाले उनको राजीनामालाई आफूले सकारात्मक रुपमा लिएको मन्त्री ढकालले बताए ।

‘उहाँले काम गर्ने भन्दा विदाको वातावरण बनाइदिए हुन्थ्यो भनेर भेट्नु भयो, कुराकानी पनि भयो । राजीनामा स्वीकृत गरिदिए हुन्थ्यो भन्ने मनसायले फेरि निवेदन दिनुभएको छ,’ मन्त्री ढकालले भने, ‘उहाँले दिएको अर्को निवेदनमा राजीनामा पुर्नविचार गरिपाउँ भनेर दिनुभएको साँचो हो, मन्त्रालयको तर्फबाट सकारात्मक ढंगबाट बुझ्दा राम्रो हुन्छ भनेर माथि पठाएको छु ।’

यसअघि गतवर्षको असोजमा स्वास्थ्य सचिव चौधरीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सरुवा गरेको थियो ।  तर स्वास्थ्य सचिव डा चौधरीले आफू स्वास्थ्य तर्फको कर्मचारी भएको र स्वास्थ्यतर्फको दरवन्दी प्रधानमन्त्री कार्यालयमा नभएको भन्दै उनी गत वर्षको कात्तिकमा सरकारको निर्णय विरुद्ध सर्वोच्च गएकी थिइन् ।

सर्वोच्चले सकारको निर्णय फिर्ता गर्न आदेश दिएपछि स्वास्थ्य मन्त्रालयमा २ जना सचिवको रहँदै आएका छन् । स्वास्थ्य मन्त्रालयमा अर्का सचिव खगराज बराल पनि रहेका छन् ।

स्वास्थ्य सचिवले सरकारले निर्णय विरुद्ध सर्वोच्च गएदेखि नै सरकार स्वास्थ्य सचिव डा चौधरीप्रति असन्तुष्ट छ ।

स्वास्थ्य मन्त्रालयमा लामो समयसम्म सचिवको विषयमा विवादबाट निराश बनेकी स्वास्थ्य सचिव डा चौधरीले पदमै रहँदा विश्व स्वास्थ्य संगठनको भारतमा रहेको कार्यालयमा जागिर खान आवेदन दिएकी थिइन् । उनी विश्व स्वास्थ्य संगठनको जागिरमा अन्तर्वाता र लिखित परीक्षामा समेत उत्तिर्ण भइसकेकी जनाइएको छ ।

स्वास्थ्य सचिव डा चौधरीले राजीनामा दिए देखि नै स्वास्थ्य मन्त्रालयमा काममा भने आएकी छैनन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ३ : ३६ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल