गाउँपालिकामा आवश्यक नै नभएका जनशक्ति सरुवा हुँदा समस्या « Khabarhub

गाउँपालिकामा आवश्यक नै नभएका जनशक्ति सरुवा हुँदा समस्या


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यतर्फका ७ हजार कर्मचारीको समायोजन सम्बन्धी समस्या बाँकी रहेको बताएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुसँगको कुराकानीमा स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य तर्फका ७ हजार कर्मचारीको गुनासो सुनुवाइ हुन बाँकी रहेको बताएका हुन् ।

कर्मचारीहरुको गुनासो धेरै थरी भएकाले उनीहरुको समस्याका आरामा समाधान गर्न सकिने कर्मचारीको समस्या समाधान गर्ने र समाधान हुन नसक्ने कर्मचारीलाई सम्झाएर भए पनि समायोजनको गुनासो टुंगो लगाउने बताए । मन्त्री ढकालले गाउँपालिकामा आवश्यक नै नभएको जनशक्ति सरुवा भएको समेत बताए ।

‘समायोजनको विभिन्न खालका समस्या छन्, ७ हजार जति साथीहरुको समस्या छ, यो एकै प्रकृतिका छैनन्, कतिपय पद नमिलेको समस्या छन् भने कतिपय समायोजन गर्ने खालको सन्दर्भमा प्रविधिमैत्री बनौं भन्दा मानवीय पक्ष कमजोर भएको समस्याहरु पनि छन्,’ मन्त्री ढकालले भने, ‘वेहोस् बनाउने तालिम लिएका साथीहरु अहिले गाउँपालिकामा फाइल बोकेर हिड्नुपर्ने गरी सरुवा भएको अवस्था पनि छ ।’

मन्त्री ढकालले त्यस्ता प्रकृतिका समायोजनका समस्यालाई समाधान गर्न छलफल भइरहेको बताए । मन्त्री ढकालले समायोजनको समस्या समाधानका लागि हिजो (आइतबार) पनि छलफल भएको बताए ।

समायोजनको समस्या टुंग्याउन समायोजन भन्दा अगाडीको पदभन्दा तल्लो तहमा समायोजन भएका कर्मचारीको संख्या २ हजार भएको र उनीहरुको तत्काल सम्बोधन हुने पनि बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ६ : १४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा