भ्रमण वर्षको स्वागतका लागि भरतपुर विमानस्थलमा भव्य तयारी « Khabarhub

भ्रमण वर्षको स्वागतका लागि भरतपुर विमानस्थलमा भव्य तयारी


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- केही दिनदेखि बन्द रहेको भरतपुर विमानस्थल बुधबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्रमा कालोपत्र माथि मर्मत सम्भारसँगै अर्को एक तह थप्नका लागि यही मङ्सिर १५ गतेदेखि १० दिनका लागि विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको प्रवेशद्वार अगाडि ठूलो अक्षरमा लोगो र भ्रमण वर्ष २०२० अङ्ग्रेजी अक्षरमा लेखिएको छ । सँगै नौ वटा झण्डा फहराइएको छ । बीचमा राष्ट्रिय झण्डा, छेउछेउमा दुई वटा भ्रमण वर्ष अङ्कित झण्डा र अरु विभिन्न रङका झण्डा फहराएर सुन्दर बनाइएको छ ।

गौतमका अनुसार चितवनका पाँच र नवलपुरका दुई रोटरी क्लबले नफुट्ने सिसामा चितवन र आसपासका क्षेत्रका पर्यटकीय गन्तव्य देख्ने गरी आकर्षक ‘होर्डिङ बोर्ड’ राख्ने भएका छन् । विमानस्थलभित्र यहाँका पर्यटकीय गन्तव्य र दुर्लभ वन्यजन्तुका चित्र निर्माण गर्ने तयारी गरिएको छ ।

गौतमले भने, “नयाँ रङरोगनसहितको धावनमार्ग र जहाजबाट झर्नासाथ भ्रमण वर्षको स्वागतले जो कोहीलाई आकर्षित बनाउनेछ ।” चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । वर्षेनी दुई लाख हाराहारी पर्यटक यहाँ आउने गर्दछन् । भ्रमण वर्षमा यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  १० : ०१ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक