आगलागीबाट २६ लाख बराबरको क्षति | Khabarhub Khabarhub

आगलागीबाट २६ लाख बराबरको क्षति


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम श्रीअन्तुको घरवासमा (होमस्टे)मा आज दिउँसो आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ ।

विद्युत् सर्ट भएर आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
सूर्योदय नगरपालिका– ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट चार तोला सुन, पाँच लाख नगद, लत्ताकपडा, भाडा वर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएका बताइएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईका अनुसार काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ०८ बजे

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र